युनुस · 105/109
अनुवाद उच्चारण — युनुस
وَأَنْ أَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ ۝١٠٥
Wa an aqim wajhaka liddeeni Haneefanw wa laa takoonannna minal mushrikeen
📖 नेपाली अर्थ
र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।
🎧 सुन्नुहोस्

📜 आयत 103-107 — युनुस

103ثُمَّ نُنَجِّي رُسُلَنَا وَالَّذِينَ آمَنُوا ۚ كَذَٰلِكَ حَقًّا عَلَيْنَا نُنجِ الْمُؤْمِنِينَ
र हामीले आफ्ना पैगम्बरहरूलाई र ईमान ल्याएकाहरूलाई छुटकारा दिदै आइराखेका छौं । हाम्रो उत्तरदायित्व छ कि मुसलमानहरूलाई छुटकारा प्रदान गर्दैगरौं ।
104قُلْ يَا أَيُّهَا النَّاسُ إِن كُنتُمْ فِي شَكٍّ مِّن دِينِي فَلَا أَعْبُدُ الَّذِينَ تَعْبُدُونَ مِن دُونِ اللَّهِ وَلَٰكِنْ أَعْبُدُ اللَّهَ الَّذِي يَتَوَفَّاكُمْ ۖ وَأُمِرْتُ أَنْ أَكُونَ مِنَ الْمُؤْمِنِينَ
तपाई भनिदिनुस्ः कि हे मानिसहरू ! यदि तिमीलाई मेरो धर्ममा कुनै प्रकारको शंका छ भने (सुनिराख कि) अल्लाह बाहेक जसको तिमीले पूजा गर्दछौ, म त्यसको पूजा गर्दिन, बरु म उस अल्लाहको पूजा गर्दछु जसले तिम्रो प्राण निकाल्नेछ, र मलाई यो आदेश भएको छ कि ईमान भएकामध्ये रहूँ ।
105وَأَنْ أَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ
र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।
106وَلَا تَدْعُ مِن دُونِ اللَّهِ مَا لَا يَنفَعُكَ وَلَا يَضُرُّكَ ۖ فَإِن فَعَلْتَ فَإِنَّكَ إِذًا مِّنَ الظَّالِمِينَ
र अल्लाहलाई छाडि यस्तो कुनै कुराको उपासना नगर्नु जसले कि नत तिम्रो केही भलो गर्न सकोस् नत केही बिगार्न सकोस् । यदि त्यस्तो गर्छौ भने अत्याचारीहरूमध्येको हुनेछौ ।
107وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ ۖ وَإِن يُرِدْكَ بِخَيْرٍ فَلَا رَادَّ لِفَضْلِهِ ۚ يُصِيبُ بِهِ مَن يَشَاءُ مِنْ عِبَادِهِ ۚ وَهُوَ الْغَفُورُ الرَّحِيمُ
र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछ भने उस बाहेक त्यसलाई कसैले हटाउन सक्दैन, र यदि उसले तिम्रो भलो गर्न चाहन्छ भने उसको कृपालाई कसैले रोक्न सक्दैन, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ फाइदा पुर्याउँछ र ऊ बडो क्षमतादाता अत्यन्त दयालु छ ।
युनुसकुरान अनुक्रमणिका
109आयत
MeccanRevelation
105आयत

अनुवाद — युनुस 105

सूरा युनुस आयत 105 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु…

सूरा आयत 105/109 — युनुस يونس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युनुस सुन्नुहोस्, युनुस अनुवाद, युनुस mp3, युनुस pdf. आयत 103–107. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers