हुद · 60/123
अनुवाद उच्चारण — हुद
وَأُتْبِعُوا فِي هَٰذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ ۗ أَلَا إِنَّ عَادًا كَفَرُوا رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِّعَادٍ قَوْمِ هُودٍ ۝٦٠
Wa utbi`oo fee haazihid dunyaa la`natanw wa Yawmal Qiyaamah; alaaa inna `Aadan kafaroo Rabbahum; alaa bu`dal li `Aadin qawmin Hood
📖 नेपाली अर्थ
र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।
🎧 सुन्नुहोस्

📜 आयत 58-62 — हुद

58وَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا هُودًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِّنَّا وَنَجَّيْنَاهُم مِّنْ عَذَابٍ غَلِيظٍ
र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं ।
59وَتِلْكَ عَادٌ ۖ جَحَدُوا بِآيَاتِ رَبِّهِمْ وَعَصَوْا رُسُلَهُ وَاتَّبَعُوا أَمْرَ كُلِّ جَبَّارٍ عَنِيدٍ
यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने ।
60وَأُتْبِعُوا فِي هَٰذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ ۗ أَلَا إِنَّ عَادًا كَفَرُوا رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِّعَادٍ قَوْمِ هُودٍ
र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।
61۞ وَإِلَىٰ ثَمُودَ أَخَاهُمْ صَالِحًا ۚ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُم مِّنْ إِلَٰهٍ غَيْرُهُ ۖ هُوَ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ ۚ إِنَّ رَبِّي قَرِيبٌ مُّجِيبٌ
र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’
62قَالُوا يَا صَالِحُ قَدْ كُنتَ فِينَا مَرْجُوًّا قَبْلَ هَٰذَا ۖ أَتَنْهَانَا أَن نَّعْبُدَ مَا يَعْبُدُ آبَاؤُنَا وَإِنَّنَا لَفِي شَكٍّ مِّمَّا تَدْعُونَا إِلَيْهِ مُرِيبٍ
तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’
हुदकुरान अनुक्रमणिका
123आयत
MeccanRevelation
60आयत

अनुवाद — हुद 60

सूरा हुद आयत 60 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा…

सूरा आयत 60/123 — हुद هود (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: हुद सुन्नुहोस्, हुद अनुवाद, हुद mp3, हुद pdf. आयत 58–62. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers