अल-बकरा · 119/286
अनुवाद उच्चारण — अल-बकरा
إِنَّا أَرْسَلْنَاكَ بِالْحَقِّ بَشِيرًا وَنَذِيرًا ۖ وَلَا تُسْأَلُ عَنْ أَصْحَابِ الْجَحِيمِ ۝١١٩
Innaaa arsalnaaka bilhaqqi basheeranw wa nazeeranw wa laa tus`alu `am Ashaabil Jaheem
📖 नेपाली अर्थ
(हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।
🎧 सुन्नुहोस्

📜 आयत 117-121 — अल-बकरा

117بَدِيعُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ وَإِذَا قَضَىٰ أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ
ऊ आकाशहरू र जमिनको स्रष्टा हो । जब कुनै काम गर्न चाहन्छ तब त्यसलाई आदेश दिन्छ कि भइहाल, अनि त्यो भइहाल्छ ।
118وَقَالَ الَّذِينَ لَا يَعْلَمُونَ لَوْلَا يُكَلِّمُنَا اللَّهُ أَوْ تَأْتِينَا آيَةٌ ۗ كَذَٰلِكَ قَالَ الَّذِينَ مِن قَبْلِهِم مِّثْلَ قَوْلِهِمْ ۘ تَشَابَهَتْ قُلُوبُهُمْ ۗ قَدْ بَيَّنَّا الْآيَاتِ لِقَوْمٍ يُوقِنُونَ
यस्तै नबुझ्ने मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप, किन गर्दैन अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं ।
119إِنَّا أَرْسَلْنَاكَ بِالْحَقِّ بَشِيرًا وَنَذِيرًا ۖ وَلَا تُسْأَلُ عَنْ أَصْحَابِ الْجَحِيمِ
(हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।
120وَلَن تَرْضَىٰ عَنكَ الْيَهُودُ وَلَا النَّصَارَىٰ حَتَّىٰ تَتَّبِعَ مِلَّتَهُمْ ۗ قُلْ إِنَّ هُدَى اللَّهِ هُوَ الْهُدَىٰ ۗ وَلَئِنِ اتَّبَعْتَ أَهْوَاءَهُم بَعْدَ الَّذِي جَاءَكَ مِنَ الْعِلْمِ ۙ مَا لَكَ مِنَ اللَّهِ مِن وَلِيٍّ وَلَا نَصِيرٍ
तपाईसँग यहूदी र ईसाई कहिले पनि सहमत हुने छैनन्, जबसम्म तपाई तिनीहरूको धर्मको अनुयायी बन्नु हुन्न । (हे पैगम्बर !) भनिदिनु कि अल्लाहको मार्गदर्शन नै मार्ग दर्शन हो र तपाईसंग ज्ञान आइसके पछि पनि यदि तपाईले उनीहरूको इच्छाको वकालत गर्नुभयो भने अल्लाहसंग तिम्रो न कुनै पक्षधर हुनेछ नकोही सहायता गर्नेवाला ।
121الَّذِينَ آتَيْنَاهُمُ الْكِتَابَ يَتْلُونَهُ حَقَّ تِلَاوَتِهِ أُولَٰئِكَ يُؤْمِنُونَ بِهِ ۗ وَمَن يَكْفُرْ بِهِ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ
जसलाई हामीले किताब प्रदान गरेका छौं र उनीहरूले त्यसलाई निष्ठाका साथ पढ्छन् भने उनीहरू यस किताबमाथि पनि आस्था राख्दछन् र जो यसको अवज्ञा गर्दछ ऊ नोक्सान उठाउनेछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
119आयत

अनुवाद — अल-बकरा 119

सूरा अल-बकरा आयत 119 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र…

सूरा आयत 119/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 117–121. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers