अल-अहजाब · 54/73
अनुवाद उच्चारण — सूरा अल-अहजाब
إِن تُبْدُوا شَيْئًا أَوْ تُخْفُوهُ فَإِنَّ اللَّهَ كَانَ بِكُلِّ شَيْءٍ عَلِيمًا ۝٥٤
In tubdoo shai`an aw tukhfoohu fa innal laaha kaana bikulli shai`in `Aleemaa
📖 नेपाली अर्थ
तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।

🎧 सुन्नुहोस्


📜 आयत 52-56 — सूरा अल-अहजाब

52لَّا يَحِلُّ لَكَ النِّسَاءُ مِن بَعْدُ وَلَا أَن تَبَدَّلَ بِهِنَّ مِنْ أَزْوَاجٍ وَلَوْ أَعْجَبَكَ حُسْنُهُنَّ إِلَّا مَا مَلَكَتْ يَمِينُكَ ۗ وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ رَّقِيبًا
(हे पैगम्बर !) यी बाहेक अन्य स्त्रीहरू तपाईंका लागि वैध छैनन् र न यो ठीक छ कि तपार्इंले यिनको बदलामा अन्य पत्नीहरू ल्यानुस्, उनको सौन्दर्य राम्रा लागे पनि । उनीहरूको कुरा अर्कै छ जो तिम्रा सम्पत्ति (दासी) हुन् । वास्तवमा अल्लाहको दृष्टि हरेक कुरोमाथि छ ।
53يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَدْخُلُوا بُيُوتَ النَّبِيِّ إِلَّا أَن يُؤْذَنَ لَكُمْ إِلَىٰ طَعَامٍ غَيْرَ نَاظِرِينَ إِنَاهُ وَلَٰكِنْ إِذَا دُعِيتُمْ فَادْخُلُوا فَإِذَا طَعِمْتُمْ فَانتَشِرُوا وَلَا مُسْتَأْنِسِينَ لِحَدِيثٍ ۚ إِنَّ ذَٰلِكُمْ كَانَ يُؤْذِي النَّبِيَّ فَيَسْتَحْيِي مِنكُمْ ۖ وَاللَّهُ لَا يَسْتَحْيِي مِنَ الْحَقِّ ۚ وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِن وَرَاءِ حِجَابٍ ۚ ذَٰلِكُمْ أَطْهَرُ لِقُلُوبِكُمْ وَقُلُوبِهِنَّ ۚ وَمَا كَانَ لَكُمْ أَن تُؤْذُوا رَسُولَ اللَّهِ وَلَا أَن تَنكِحُوا أَزْوَاجَهُ مِن بَعْدِهِ أَبَدًا ۚ إِنَّ ذَٰلِكُمْ كَانَ عِندَ اللَّهِ عَظِيمًا
हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।
54إِن تُبْدُوا شَيْئًا أَوْ تُخْفُوهُ فَإِنَّ اللَّهَ كَانَ بِكُلِّ شَيْءٍ عَلِيمًا
तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।
55لَّا جُنَاحَ عَلَيْهِنَّ فِي آبَائِهِنَّ وَلَا أَبْنَائِهِنَّ وَلَا إِخْوَانِهِنَّ وَلَا أَبْنَاءِ إِخْوَانِهِنَّ وَلَا أَبْنَاءِ أَخَوَاتِهِنَّ وَلَا نِسَائِهِنَّ وَلَا مَا مَلَكَتْ أَيْمَانُهُنَّ ۗ وَاتَّقِينَ اللَّهَ ۚ إِنَّ اللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدًا
ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।
56إِنَّ اللَّهَ وَمَلَائِكَتَهُ يُصَلُّونَ عَلَى النَّبِيِّ ۚ يَا أَيُّهَا الَّذِينَ آمَنُوا صَلُّوا عَلَيْهِ وَسَلِّمُوا تَسْلِيمًا
अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
अल-अहजाबकुरान अनुक्रमणिका
73आयत
MedinanRevelation
54आयत

अनुवाद — अल-अहजाब 54

सूरा अल-अहजाब आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई…

सूरा आयत 54/73 — सूरा अल-अहजाब الأحزاب (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अहजाब सुन्नुहोस्, सूरा अल-अहजाब अनुवाद, सूरा अल-अहजाब mp3, सूरा अल-अहजाब pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers