अन-निसा · 169/176
अनुवाद उच्चारण — अन-निसा
إِلَّا طَرِيقَ جَهَنَّمَ خَالِدِينَ فِيهَا أَبَدًا ۚ وَكَانَ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرًا ۝١٦٩
Illaa tareeqa jahannamma khaalideena feehaa abadaa; wa kaana zaalika `alal laahi yaseeraa
📖 नेपाली अर्थ
हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ ।
🎧 सुन्नुहोस्

📜 आयत 167-171 — अन-निसा

167إِنَّ الَّذِينَ كَفَرُوا وَصَدُّوا عَن سَبِيلِ اللَّهِ قَدْ ضَلُّوا ضَلَالًا بَعِيدًا
जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको बाटोमा जानुबाट रोके, तिनीहरू आफै विचलित भई सही मार्गबाट धेरै पर पुगे ।
168إِنَّ الَّذِينَ كَفَرُوا وَظَلَمُوا لَمْ يَكُنِ اللَّهُ لِيَغْفِرَ لَهُمْ وَلَا لِيَهْدِيَهُمْ طَرِيقًا
जसले कुफ्र गरे र अन्याय गरिरहे, अल्लाहले निश्चय नै तिनलाई न क्षमा गर्नेछ न त तिनको मार्ग–दर्शन गर्नेछ ।
169إِلَّا طَرِيقَ جَهَنَّمَ خَالِدِينَ فِيهَا أَبَدًا ۚ وَكَانَ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرًا
हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ ।
170يَا أَيُّهَا النَّاسُ قَدْ جَاءَكُمُ الرَّسُولُ بِالْحَقِّ مِن رَّبِّكُمْ فَآمِنُوا خَيْرًا لَّكُمْ ۚ وَإِن تَكْفُرُوا فَإِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا
हे मानिसहरू ! अल्लाहको पैगम्बर तिमीहरूछेउ सत्य कुरा लिएर आएका छन् तसर्थ तिमीहरू ईमान ल्याऊ यही नै तिम्रो निम्ति हितकर छ । र यदि तिमी काफिर भयो भने (यादराख) कि जे जति आकाशहरूमा र जमिनमा छन् सबै अल्लाहकै हुन् । र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छ ।
171يَا أَهْلَ الْكِتَابِ لَا تَغْلُوا فِي دِينِكُمْ وَلَا تَقُولُوا عَلَى اللَّهِ إِلَّا الْحَقَّ ۚ إِنَّمَا الْمَسِيحُ عِيسَى ابْنُ مَرْيَمَ رَسُولُ اللَّهِ وَكَلِمَتُهُ أَلْقَاهَا إِلَىٰ مَرْيَمَ وَرُوحٌ مِّنْهُ ۖ فَآمِنُوا بِاللَّهِ وَرُسُلِهِ ۖ وَلَا تَقُولُوا ثَلَاثَةٌ ۚ انتَهُوا خَيْرًا لَّكُمْ ۚ إِنَّمَا اللَّهُ إِلَٰهٌ وَاحِدٌ ۖ سُبْحَانَهُ أَن يَكُونَ لَهُ وَلَدٌ ۘ لَّهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۗ وَكَفَىٰ بِاللَّهِ وَكِيلًا
हे अहले किताब ! (यहूदी–ईसाई) आफ्नो धर्मको सीमोल्लङघन नगर र अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभन । मरियमका छोरा ईसा मसीह (न त अल्लाह थिए न अल्लाहका छोरा बरु) अल्लाहका रसूल मात्र र उसको पवित्र सन्देशवाहक मात्र थिए, जो अल्लाहको वाणीबाट सृष्टि भए जसलाई अल्लाहले मरियमलाई प्रदान गरेको थियो र उसको तर्फबाट पठाइएका एउटा रूह (आत्मा) थिए, तसर्थ तिमीहरूले अल्लाह र उसका सबै रसूलहरूमाथि आस्था राख र नभन कि अल्लाह तीनवटा छन् र यो धारणाबाट टाढा रह किनकि तिम्रो निम्ति यही नै राम्रो छ । अल्लाह एउटै मात्र पूजनीय छ र यस कुरासँग उसको कुनै सम्बन्ध छैन कि उसका सन्तान छन् । जे जति आकाशहरूमा र जमिनमा छन् सबै उसैको हुन् र अल्लाह नै संरक्षक स्वरूप पर्याप्त छ ।
अन-निसाकुरान अनुक्रमणिका
176आयत
MedinanRevelation
169आयत

अनुवाद — अन-निसा 169

सूरा अन-निसा आयत 169 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको…

सूरा आयत 169/176 — अन-निसा النساء (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-निसा सुन्नुहोस्, अन-निसा अनुवाद, अन-निसा mp3, अन-निसा pdf. आयत 167–171. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers