अल-आराफ · 54/206
अनुवाद उच्चारण — अल-आराफ
إِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ يُغْشِي اللَّيْلَ النَّهَارَ يَطْلُبُهُ حَثِيثًا وَالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُومَ مُسَخَّرَاتٍ بِأَمْرِهِ ۗ أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ ۗ تَبَارَكَ اللَّهُ رَبُّ الْعَالَمِينَ ۝٥٤
Inna Rabbakkumul laahul lazee khalaqas sammaawaati wal arda fee sittati qiyaamin summmas tawaa `alal `arshi yughshil lailan nahaara yatlu buhoo haseesanw washshamsa walqamara wannujooma musakhkharaatim bi amrih; alaa lahul khalqu wal-amr; tabaarakal laahu Rabbul `aalameen
📖 नेपाली अर्थ
कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।
🎧 सुन्नुहोस्

📜 आयत 52-56 — अल-आराफ

52وَلَقَدْ جِئْنَاهُم بِكِتَابٍ فَصَّلْنَاهُ عَلَىٰ عِلْمٍ هُدًى وَرَحْمَةً لِّقَوْمٍ يُؤْمِنُونَ
हामीले तिनीहरू छेउ एउटा यस्तो किताब पुर्याइसकेका छौं जसलाई हामीले आफ्ना परिपक्व ज्ञानका आधारमा विस्तृत रूपमा वर्णन गरेका छौं र त्यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।
53هَلْ يَنظُرُونَ إِلَّا تَأْوِيلَهُ ۚ يَوْمَ يَأْتِي تَأْوِيلُهُ يَقُولُ الَّذِينَ نَسُوهُ مِن قَبْلُ قَدْ جَاءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ فَهَل لَّنَا مِن شُفَعَاءَ فَيَشْفَعُوا لَنَا أَوْ نُرَدُّ فَنَعْمَلَ غَيْرَ الَّذِي كُنَّا نَعْمَلُ ۚ قَدْ خَسِرُوا أَنفُسَهُمْ وَضَلَّ عَنْهُم مَّا كَانُوا يَفْتَرُونَ
के यिनीहरू यस प्रतीक्षामा छन, कि अन्तिम परिणाम सामुन्ने आइहालोस् । जुन दिन त्यो अन्तिम परिणाम अगाडि आउनेछ ती व्यक्ति जसले पहिले त्यसको उपेक्षा गरेका थिए भन्ने छन् ‘‘वास्तवमा हाम्रो पालनकर्ताका रसूल सत्य लिएर आएका थिए, के आज हामीलाई कोही सिफारिश गर्ने पाइन्छ जसले हाम्रो हकमा सिफारिश गरुन् ? वा के हामीलाई संसारमा फिर्ता पठाउन सकिन्छ ताकि जुन दुष्कर्म हामीले अघि गर्दथ्यौं त्यो नगरौं बरु तिनको विपरीत अन्य (असल) कर्म गरौं । निःसन्देह तिनीहरूले आफैलाई घाटामा पारेका छन् र जे–जति मनगढन्ते कुरा यिनीहरूले गर्दथे ती सबै हराइसके ।’’
54إِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ يُغْشِي اللَّيْلَ النَّهَارَ يَطْلُبُهُ حَثِيثًا وَالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُومَ مُسَخَّرَاتٍ بِأَمْرِهِ ۗ أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ ۗ تَبَارَكَ اللَّهُ رَبُّ الْعَالَمِينَ
कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।
55ادْعُوا رَبَّكُمْ تَضَرُّعًا وَخُفْيَةً ۚ إِنَّهُ لَا يُحِبُّ الْمُعْتَدِينَ
(मानिसहरू !) आफ्नो पालनकर्तासंग विनम्र विन्ती गर्नेगर ठूलो स्वरले र एकान्तमा प्रार्थना गर । वास्तवमा अल्लाहले सीमा उल्लंघन गर्नेहरूलाई प्रेम गर्दैन ।
56وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا وَادْعُوهُ خَوْفًا وَطَمَعًا ۚ إِنَّ رَحْمَتَ اللَّهِ قَرِيبٌ مِّنَ الْمُحْسِنِينَ
पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । कुनै शंका छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपमा छ ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
54आयत

अनुवाद — अल-आराफ 54

सूरा अल-आराफ आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले…

सूरा आयत 54/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers