सूरा अश-शम्स अरबी र नेपाली

सूरा अश-शम्स पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (15 आयत — مكية). अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf.

सूरा अश-शम्स पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
وَالشَّمْسِ وَضُحَاهَا ۝١
📖 अनुवाद आयत 1
सूर्यको कसम र त्यसको तापको ।
وَالْقَمَرِ إِذَا تَلَاهَا ۝٢
📖 अनुवाद आयत 2
र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
وَالنَّهَارِ إِذَا جَلَّاهَا ۝٣
📖 अनुवाद आयत 3
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
وَاللَّيْلِ إِذَا يَغْشَاهَا ۝٤
📖 अनुवाद आयत 4
र रातीको कसम जब उसलाई लुकाउँछ ।
وَالسَّمَاءِ وَمَا بَنَاهَا ۝٥
📖 अनुवाद आयत 5
आकाश र त्यसलाई बनाउनेको कसम ।
وَالْأَرْضِ وَمَا طَحَاهَا ۝٦
📖 अनुवाद आयत 6
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
وَنَفْسٍ وَمَا سَوَّاهَا ۝٧
📖 अनुवाद आयत 7
कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا ۝٨
📖 अनुवाद आयत 8
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
قَدْ أَفْلَحَ مَن زَكَّاهَا ۝٩
📖 अनुवाद आयत 9
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
وَقَدْ خَابَ مَن دَسَّاهَا ۝١٠
📖 अनुवाद आयत 10
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا ۝١١
📖 अनुवाद आयत 11
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
إِذِ انبَعَثَ أَشْقَاهَا ۝١٢
📖 अनुवाद आयत 12
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا ۝١٣
📖 अनुवाद आयत 13
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُم بِذَنبِهِمْ فَسَوَّاهَا ۝١٤
📖 अनुवाद आयत 14
तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
وَلَا يَخَافُ عُقْبَاهَا ۝١٥
📖 अनुवाद आयत 15
उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
← 90 अश-शम्स (91/114) 92 →
पढ्नुहोस् सूरा अश-शम्स नेपाली – अनुवाद, उच्चारण र अडियो

91الشمس Ash-Shams 📚 15 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers