सूरा अल-लैल pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-लैल pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-लैल अनुवाद. सूरा अल-लैल (Meccan) 21 आयत.
Related
- सूरा अल-लैल अनुवादनेपाली
- सूरा अल-लैल mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-लैल

ﮡﮢﮣﮤ
92:1
रात्रीको कसम, जब ढाक्छ ।
ﮥﮦﮧﮨ
92:2
र दिनको कसम, जब कि चम्किन्छ ।
ﮩﮪﮫﮬﮭ
92:3
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
ﮮﮯﮰﮱ
92:4
निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
ﯓﯔﯕﯖﯗ
92:5
तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
ﯘﯙﯚ
92:6
र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
ﯛﯜﯝ
92:7
त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
ﯞﯟﯠﯡﯢ
92:8
तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
ﯣﯤﯥ
92:9
र असल कुराको उपहास गर्यो ।
ﭑﭒﭓ
92:10
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
ﭔﭕﭖﭗﭘﭙﭚ
92:11
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
ﭛﭜﭝﭞ
92:12
निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
ﭟﭠﭡﭢﭣ
92:13
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
ﭤﭥﭦﭧ
92:14
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
ﭨﭩﭪﭫﭬ
92:15
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
ﭭﭮﭯﭰ
92:16
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
ﭱﭲﭳ
92:17
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
ﭴﭵﭶﭷﭸ
92:18
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
ﭹﭺﭻﭼﭽﭾﭿ
92:19
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
ﮀﮁﮂﮃﮄﮅ
92:20
बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
ﮆﮇﮈ
92:21
निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







