युनुस · 20/109
अनुवाद उच्चारण — युनुस
وَيَقُولُونَ لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۖ فَقُلْ إِنَّمَا الْغَيْبُ لِلَّهِ فَانتَظِرُوا إِنِّي مَعَكُم مِّنَ الْمُنتَظِرِينَ ۝٢٠
W yaqooloona law laaa unzila `alaihi aayatum mir Rabbihee faqul innamal ghaibu lillaahi fantaziroo innee ma`akum minal muntazireen
📖 नेपाली अर्थ
र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
🎧 सुन्नुहोस्

📜 आयत 18-22 — युनुस

18وَيَعْبُدُونَ مِن دُونِ اللَّهِ مَا لَا يَضُرُّهُمْ وَلَا يَنفَعُهُمْ وَيَقُولُونَ هَٰؤُلَاءِ شُفَعَاؤُنَا عِندَ اللَّهِ ۚ قُلْ أَتُنَبِّئُونَ اللَّهَ بِمَا لَا يَعْلَمُ فِي السَّمَاوَاتِ وَلَا فِي الْأَرْضِ ۚ سُبْحَانَهُ وَتَعَالَىٰ عَمَّا يُشْرِكُونَ
र यी (मानिसहरू) अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन्, जसले तिनीहरूको न केही बिगार्न सक्तछन् र न सपार्न सक्तछन् र भन्दछन् कि यिनीहरूले अल्लाहको समीपमा हाम्रो सिफारिश गर्नेछन् । तपाई भनिदिनुस् कि के तिमीले अल्लाहलाई यस्तो कुराबारे भन्दछौ, जसको जानकारी उसलाई छैन र त्यसको अस्तित्व आकाशहरूमा र पृथ्वीमा छैन । ऊ पवित्र छ, र तिनीहरूको शिर्क (अल्लाहसँग अरुलाई दाँज्नु) भन्दा धेरै उच्च छ ।
19وَمَا كَانَ النَّاسُ إِلَّا أُمَّةً وَاحِدَةً فَاخْتَلَفُوا ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِن رَّبِّكَ لَقُضِيَ بَيْنَهُمْ فِيمَا فِيهِ يَخْتَلِفُونَ
र सबै मानिसहरू (अघि) एउटै समुदाय थिए । पछि विवादको सृजना भयो र यदि एउटा कुरो जुन तिम्रो पालनकर्ताबाट पहिला भइसकेको छ, नभएको भए, जुन कुरामा तिनीहरूले विवाद गरिराखेका छन्, त्यसमा तिनीहरूको निर्णय भइसक्ने थियो ।
20وَيَقُولُونَ لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۖ فَقُلْ إِنَّمَا الْغَيْبُ لِلَّهِ فَانتَظِرُوا إِنِّي مَعَكُم مِّنَ الْمُنتَظِرِينَ
र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
21وَإِذَا أَذَقْنَا النَّاسَ رَحْمَةً مِّن بَعْدِ ضَرَّاءَ مَسَّتْهُمْ إِذَا لَهُم مَّكْرٌ فِي آيَاتِنَا ۚ قُلِ اللَّهُ أَسْرَعُ مَكْرًا ۚ إِنَّ رُسُلَنَا يَكْتُبُونَ مَا تَمْكُرُونَ
र जब हामीले मानिसहरूलाई दुःख पुगेपछि आफ्नो दयाले सुखको स्वाद चखाउँछौ, त्यतिखेर तिनीहरूले हाम्रा आयतहरूको बारेमा षड्यन्त्र गर्न थाल्छन् । तपाई भनिदिनुस् कि अल्लाहले छिट्टै आफ्नो योजना सम्पन्न गर्नेवाला छ र जुन षड्यन्त्रपूर्ण योजना तिमीले बनाइराखेका छौ, हाम्रा फरिश्ताहरू ती सबै लेखिराखेका छन् ।
22هُوَ الَّذِي يُسَيِّرُكُمْ فِي الْبَرِّ وَالْبَحْرِ ۖ حَتَّىٰ إِذَا كُنتُمْ فِي الْفُلْكِ وَجَرَيْنَ بِهِم بِرِيحٍ طَيِّبَةٍ وَفَرِحُوا بِهَا جَاءَتْهَا رِيحٌ عَاصِفٌ وَجَاءَهُمُ الْمَوْجُ مِن كُلِّ مَكَانٍ وَظَنُّوا أَنَّهُمْ أُحِيطَ بِهِمْ ۙ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ لَئِنْ أَنجَيْتَنَا مِنْ هَٰذِهِ لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ
उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।
युनुसकुरान अनुक्रमणिका
109आयत
MeccanRevelation
20आयत

अनुवाद — युनुस 20

सूरा युनुस आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन…

सूरा आयत 20/109 — युनुस يونس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युनुस सुन्नुहोस्, युनुस अनुवाद, युनुस mp3, युनुस pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers