अन-नहल · 80/128
अनुवाद उच्चारण — अन-नहल
وَاللَّهُ جَعَلَ لَكُم مِّن بُيُوتِكُمْ سَكَنًا وَجَعَلَ لَكُم مِّن جُلُودِ الْأَنْعَامِ بُيُوتًا تَسْتَخِفُّونَهَا يَوْمَ ظَعْنِكُمْ وَيَوْمَ إِقَامَتِكُمْ ۙ وَمِنْ أَصْوَافِهَا وَأَوْبَارِهَا وَأَشْعَارِهَا أَثَاثًا وَمَتَاعًا إِلَىٰ حِينٍ ۝٨٠
Wallaahu ja`ala lakum min juloodil an`aami buyootan tastakhif foonahaa yawma za`nikum wa yawma iqaamatikum wa min aswaafihaa wa awbaarihaa wa ash`aarihaaa asaasanw wa mataa`an ilaa been
📖 नेपाली अर्थ
र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 78-82 — अन-नहल

78وَاللَّهُ أَخْرَجَكُم مِّن بُطُونِ أُمَّهَاتِكُمْ لَا تَعْلَمُونَ شَيْئًا وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ ۙ لَعَلَّكُمْ تَشْكُرُونَ
अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।
79أَلَمْ يَرَوْا إِلَى الطَّيْرِ مُسَخَّرَاتٍ فِي جَوِّ السَّمَاءِ مَا يُمْسِكُهُنَّ إِلَّا اللَّهُ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّقَوْمٍ يُؤْمِنُونَ
के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।
80وَاللَّهُ جَعَلَ لَكُم مِّن بُيُوتِكُمْ سَكَنًا وَجَعَلَ لَكُم مِّن جُلُودِ الْأَنْعَامِ بُيُوتًا تَسْتَخِفُّونَهَا يَوْمَ ظَعْنِكُمْ وَيَوْمَ إِقَامَتِكُمْ ۙ وَمِنْ أَصْوَافِهَا وَأَوْبَارِهَا وَأَشْعَارِهَا أَثَاثًا وَمَتَاعًا إِلَىٰ حِينٍ
र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
81وَاللَّهُ جَعَلَ لَكُم مِّمَّا خَلَقَ ظِلَالًا وَجَعَلَ لَكُم مِّنَ الْجِبَالِ أَكْنَانًا وَجَعَلَ لَكُمْ سَرَابِيلَ تَقِيكُمُ الْحَرَّ وَسَرَابِيلَ تَقِيكُم بَأْسَكُمْ ۚ كَذَٰلِكَ يُتِمُّ نِعْمَتَهُ عَلَيْكُمْ لَعَلَّكُمْ تُسْلِمُونَ
अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।
82فَإِن تَوَلَّوْا فَإِنَّمَا عَلَيْكَ الْبَلَاغُ الْمُبِينُ
तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।
अन-नहलकुरान अनुक्रमणिका
128आयत
MeccanRevelation
80आयत

अनुवाद — अन-नहल 80

सूरा अन-नहल आयत 80 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र…

सूरा आयत 80/128 — अन-नहल النحل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नहल सुन्नुहोस्, अन-नहल अनुवाद, अन-नहल mp3, अन-नहल pdf. आयत 78–82. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers