अज-जुमर · 5/75
अनुवाद उच्चारण — अज-जुमर
خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ ۖ يُكَوِّرُ اللَّيْلَ عَلَى النَّهَارِ وَيُكَوِّرُ النَّهَارَ عَلَى اللَّيْلِ ۖ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ ۖ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۗ أَلَا هُوَ الْعَزِيزُ الْغَفَّارُ ۝٥
Khalaqas samaawaati wal arda bilhaqq; yukawwirul laila `alan nahaari wa yukawwirun nahaara `alaal laili wa sakhkharash shamsa walqamara kulluny yajree li ajalim musammaa; alaa Huwal `Azeezul Ghaffaar
📖 नेपाली अर्थ
उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातीमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अज-जुमर

3أَلَا لِلَّهِ الدِّينُ الْخَالِصُ ۚ وَالَّذِينَ اتَّخَذُوا مِن دُونِهِ أَوْلِيَاءَ مَا نَعْبُدُهُمْ إِلَّا لِيُقَرِّبُونَا إِلَى اللَّهِ زُلْفَىٰ إِنَّ اللَّهَ يَحْكُمُ بَيْنَهُمْ فِي مَا هُمْ فِيهِ يَخْتَلِفُونَ ۗ إِنَّ اللَّهَ لَا يَهْدِي مَنْ هُوَ كَاذِبٌ كَفَّارٌ
खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ ।
4لَّوْ أَرَادَ اللَّهُ أَن يَتَّخِذَ وَلَدًا لَّاصْطَفَىٰ مِمَّا يَخْلُقُ مَا يَشَاءُ ۚ سُبْحَانَهُ ۖ هُوَ اللَّهُ الْوَاحِدُ الْقَهَّارُ
यदि अल्लाहले आफ्नो सन्तान चाहेको भए, उसले आफ्नो सृष्टिहरूमध्येबाट, जसलाई चाहन्थ्यो, रोजिहाल्थ्यो । तर ऊ त उच्च छ ! उही अल्लाह एक्लै र सबैमाथि शक्तिमान् छ ।
5خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ ۖ يُكَوِّرُ اللَّيْلَ عَلَى النَّهَارِ وَيُكَوِّرُ النَّهَارَ عَلَى اللَّيْلِ ۖ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ ۖ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۗ أَلَا هُوَ الْعَزِيزُ الْغَفَّارُ
उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातीमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ ।
6خَلَقَكُم مِّن نَّفْسٍ وَاحِدَةٍ ثُمَّ جَعَلَ مِنْهَا زَوْجَهَا وَأَنزَلَ لَكُم مِّنَ الْأَنْعَامِ ثَمَانِيَةَ أَزْوَاجٍ ۚ يَخْلُقُكُمْ فِي بُطُونِ أُمَّهَاتِكُمْ خَلْقًا مِّن بَعْدِ خَلْقٍ فِي ظُلُمَاتٍ ثَلَاثٍ ۚ ذَٰلِكُمُ اللَّهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ۖ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ فَأَنَّىٰ تُصْرَفُونَ
उसले तिमी सबैलाई एक ज्यानबाट सृष्टि गर्यो, अनि उसैबाट जोडी बनायो र उसैले तिम्रो निम्ति चौपायामध्ये आठ जोडीहरू (भाले–पोथी) बनायो । उसैले तिम्रा आमाहरूको पेटमा एउटा आकारपछि अर्को आकारमा सृजना गर्दछ तीन–तीन अँध्याराहरूमा । उही अल्लाह तिम्रो पालनकर्ता हो । सत्ता उसैको हो, उसबाहेक कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ बहकिरहेका छौ
7إِن تَكْفُرُوا فَإِنَّ اللَّهَ غَنِيٌّ عَنكُمْ ۖ وَلَا يَرْضَىٰ لِعِبَادِهِ الْكُفْرَ ۖ وَإِن تَشْكُرُوا يَرْضَهُ لَكُمْ ۗ وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ۗ ثُمَّ إِلَىٰ رَبِّكُم مَّرْجِعُكُمْ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ ۚ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ
यदि तिमी अकृतज्ञता प्रकट गर्दछौ भने सम्झिराख अल्लाह तिमी सबैसित निस्पृह छ । र उसले आफ्ना भक्तहरूको कृतघ्नता रुचाउँदैन, र यदि तिमी कृतज्ञता प्रकट गर्दछौ भने, उसले यसलाई तिम्रो निम्ति रुचाउनेछ । कसैले अर्काको लागि कुनै बोझ उठाउँदैन । अनि तिमीहरू सबैलाई आफ्नो पालनकर्तातिर फर्किजानु पर्नेछ । र उसले तिमीलाई बताइदिनेछ, जे तिमीले गरिराखेका हुनेछौ । निश्चय नै उसले छातीभित्रको कुरा पनि जान्दछ ।
अज-जुमरकुरान अनुक्रमणिका
75आयत
MeccanRevelation
5आयत

अनुवाद — अज-जुमर 5

सूरा अज-जुमर आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ…

सूरा आयत 5/75 — अज-जुमर الزمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुमर सुन्नुहोस्, अज-जुमर अनुवाद, अज-जुमर mp3, अज-जुमर pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers