फुस्सिलत · 38/54
अनुवाद उच्चारण — फुस्सिलत
فَإِنِ اسْتَكْبَرُوا فَالَّذِينَ عِندَ رَبِّكَ يُسَبِّحُونَ لَهُ بِاللَّيْلِ وَالنَّهَارِ وَهُمْ لَا يَسْأَمُونَ ۩ ۝٣٨
Fa inis-takbaroo fallazee na `inda Rabbika yusabbihoona lahoo billaili wannnahaari wa hum laa yas`amoon
📖 नेपाली अर्थ
यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।
🎧 सुन्नुहोस्

📜 आयत 36-40 — फुस्सिलत

36وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ ۖ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ
र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।
37وَمِنْ آيَاتِهِ اللَّيْلُ وَالنَّهَارُ وَالشَّمْسُ وَالْقَمَرُ ۚ لَا تَسْجُدُوا لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَاسْجُدُوا لِلَّهِ الَّذِي خَلَقَهُنَّ إِن كُنتُمْ إِيَّاهُ تَعْبُدُونَ
र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ ।
38فَإِنِ اسْتَكْبَرُوا فَالَّذِينَ عِندَ رَبِّكَ يُسَبِّحُونَ لَهُ بِاللَّيْلِ وَالنَّهَارِ وَهُمْ لَا يَسْأَمُونَ ۩
यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।
39وَمِنْ آيَاتِهِ أَنَّكَ تَرَى الْأَرْضَ خَاشِعَةً فَإِذَا أَنزَلْنَا عَلَيْهَا الْمَاءَ اهْتَزَّتْ وَرَبَتْ ۚ إِنَّ الَّذِي أَحْيَاهَا لَمُحْيِي الْمَوْتَىٰ ۚ إِنَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
र यो कुरा पनि उसका निशानीहरूमध्ये हो कि तिमीले देख्छौ कि धरती थिचिएको छ, अनि जब हामी त्यसमा पानी वर्षाउँछौं तब त्यो हराभरा भएर उठ्नथाल्छ । निश्चय नै जसले उसलाई जीवित गर्यो मुर्दाहरूलाई जीवित गर्नेवाला छ । निःसन्देह उसलाई हरेक कुराहरूमाथि सामथ्र्य प्राप्त छ ।
40إِنَّ الَّذِينَ يُلْحِدُونَ فِي آيَاتِنَا لَا يَخْفَوْنَ عَلَيْنَا ۗ أَفَمَن يُلْقَىٰ فِي النَّارِ خَيْرٌ أَم مَّن يَأْتِي آمِنًا يَوْمَ الْقِيَامَةِ ۚ اعْمَلُوا مَا شِئْتُمْ ۖ إِنَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ
निःसन्देह जुन मानिसहरूले हाम्रा आयतहरूको बारेमा छलकपटको नीति अपनाउँछन् उनीहरू हामीबाट लुकेका छैनन् । तसर्थ भन त के त्यो व्यक्ति राम्रो छ जुन आगोमा हालिनेछ वा त्यो जो कयामतको दिन निश्चिन्त भएर आउनेछ ? तिमी जे चाहन्छौ गर्दै जाऊ, जे जति तिमीले गरिराखेका छौ उसले सबै देखिराखेकै छ ।
फुस्सिलतकुरान अनुक्रमणिका
54आयत
MeccanRevelation
38आयत

अनुवाद — फुस्सिलत 38

सूरा फुस्सिलत आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको…

सूरा आयत 38/54 — फुस्सिलत فصلت (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: फुस्सिलत सुन्नुहोस्, फुस्सिलत अनुवाद, फुस्सिलत mp3, फुस्सिलत pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers