अल-माइदा · 111/120
अनुवाद उच्चारण — अल-माइदा
وَإِذْ أَوْحَيْتُ إِلَى الْحَوَارِيِّينَ أَنْ آمِنُوا بِي وَبِرَسُولِي قَالُوا آمَنَّا وَاشْهَدْ بِأَنَّنَا مُسْلِمُونَ ۝١١١
Wa iz awhaitu ilal hawaariyyeena an aaminoo bee wa bi Rasoolee qaalooo aamannaa washhad bi annanaa muslimoon
📖 नेपाली अर्थ
र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा पैगम्बरमाथि आस्था राख । तिनीहरूले भन्न थाले कि हामीले ईमान ल्यायौं र तपाई साक्षी रहनुस् कि हामी आज्ञाकारी छौं ।
🎧 सुन्नुहोस्

📜 आयत 109-113 — अल-माइदा

109۞ يَوْمَ يَجْمَعُ اللَّهُ الرُّسُلَ فَيَقُولُ مَاذَا أُجِبْتُمْ ۖ قَالُوا لَا عِلْمَ لَنَا ۖ إِنَّكَ أَنتَ عَلَّامُ الْغُيُوبِ
जुन दिन अल्लाहले सबै पैगम्बरहरूलाई जम्मा गर्नेछ, फेरि तिनीहरूसित सोध्ने छ कि तिमीलाई के जवाफ प्राप्त भएको थियो, र तिनीहरूले भन्ने छन् कि हामीलाई केही पनि थाहा छैन । निःसन्देह तिमी नै परोक्षका कुरा जान्ने अन्तर्यामी छौ ।
110إِذْ قَالَ اللَّهُ يَا عِيسَى ابْنَ مَرْيَمَ اذْكُرْ نِعْمَتِي عَلَيْكَ وَعَلَىٰ وَالِدَتِكَ إِذْ أَيَّدتُّكَ بِرُوحِ الْقُدُسِ تُكَلِّمُ النَّاسَ فِي الْمَهْدِ وَكَهْلًا ۖ وَإِذْ عَلَّمْتُكَ الْكِتَابَ وَالْحِكْمَةَ وَالتَّوْرَاةَ وَالْإِنجِيلَ ۖ وَإِذْ تَخْلُقُ مِنَ الطِّينِ كَهَيْئَةِ الطَّيْرِ بِإِذْنِي فَتَنفُخُ فِيهَا فَتَكُونُ طَيْرًا بِإِذْنِي ۖ وَتُبْرِئُ الْأَكْمَهَ وَالْأَبْرَصَ بِإِذْنِي ۖ وَإِذْ تُخْرِجُ الْمَوْتَىٰ بِإِذْنِي ۖ وَإِذْ كَفَفْتُ بَنِي إِسْرَائِيلَ عَنكَ إِذْ جِئْتَهُم بِالْبَيِّنَاتِ فَقَالَ الَّذِينَ كَفَرُوا مِنْهُمْ إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
अल्लाहले भन्ने छ कि हे मरियम का पुत्र ईसा । मेरा ती कृपाहरू यादगर, जुन तिमी र तिम्री आमामाथि गरिएको हो । जब मैले पवित्र आत्मा (जिब्रील) द्वारा तिमीलाई मद्दत पुर्याएँ (जसबाट) तिमी (बाल्य अवस्थामा) आमाको गोदीबाटै र अधेड उमेरमा मानिसहरूसँग कुराकानी गथ्र्यौ र जब मैले तिमीलाई किताब र बुद्धिमत्ता र तौरात र इंजीलको तालिम दिएँ र जब तिमीले मेरो आदेशबाट माटोको चाराको रूप बनाई त्यसमा फुँकेपछि जीवित चरा बन्दथ्यो । र, जब जन्मजात अन्धाहरू र कुष्ठरोग सेता दाग भएका मानिसहरूलाई मेरो आदेशबाट निको पाथ्र्यौ र जब तिमी मुर्दाहरूलाई मेरो आज्ञाले (चिहानहरूबाट) निकालेर उभ्याई हाल्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीमाथि अत्याचार गर्नुबाट रोकिहालें, जब तिमी तिनीहरू छेउ तर्कहरूलिएर आएका थियौ फेरि तिनीहरूमध्ये जो काफिर थिए, तिनीहरूले भन्न थाले कि यो त खुल्ला जादू बाहेक अरु केही होइन ।
111وَإِذْ أَوْحَيْتُ إِلَى الْحَوَارِيِّينَ أَنْ آمِنُوا بِي وَبِرَسُولِي قَالُوا آمَنَّا وَاشْهَدْ بِأَنَّنَا مُسْلِمُونَ
र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा पैगम्बरमाथि आस्था राख । तिनीहरूले भन्न थाले कि हामीले ईमान ल्यायौं र तपाई साक्षी रहनुस् कि हामी आज्ञाकारी छौं ।
112إِذْ قَالَ الْحَوَارِيُّونَ يَا عِيسَى ابْنَ مَرْيَمَ هَلْ يَسْتَطِيعُ رَبُّكَ أَن يُنَزِّلَ عَلَيْنَا مَائِدَةً مِّنَ السَّمَاءِ ۖ قَالَ اتَّقُوا اللَّهَ إِن كُنتُم مُّؤْمِنِينَ
त्यो समय स्मरणयोग्य छ जब हवारीहरूले भनेः कि हे ईसा बिन मरियम ! के तपाईको रबले आकाशबाट हाम्रो लागि पकाएको विभिन्न प्रकारको भोजन पठाउन सक्छ ? उनले भने तिमीमा ईमान छ भने अल्लाहसित डर ।
113قَالُوا نُرِيدُ أَن نَّأْكُلَ مِنْهَا وَتَطْمَئِنَّ قُلُوبُنَا وَنَعْلَمَ أَن قَدْ صَدَقْتَنَا وَنَكُونَ عَلَيْهَا مِنَ الشَّاهِدِينَ
तिनीहरूले भने कि हाम्रो यो इच्छा छ कि हामीले त्यसबाट खाऔं र हाम्रो मनको सन्तुष्टि प्राप्त गरौं र हाम्रो यो विश्वास बढोस् कि तपाई हामीसित साँचो भन्नु भएको छ र हामी साक्षी हुन सकौं ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
111आयत

अनुवाद — अल-माइदा 111

सूरा अल-माइदा आयत 111 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा…

सूरा आयत 111/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 109–113. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers