अल-माइदा · 72/120
अनुवाद उच्चारण — अल-माइदा
لَقَدْ كَفَرَ الَّذِينَ قَالُوا إِنَّ اللَّهَ هُوَ الْمَسِيحُ ابْنُ مَرْيَمَ ۖ وَقَالَ الْمَسِيحُ يَا بَنِي إِسْرَائِيلَ اعْبُدُوا اللَّهَ رَبِّي وَرَبَّكُمْ ۖ إِنَّهُ مَن يُشْرِكْ بِاللَّهِ فَقَدْ حَرَّمَ اللَّهُ عَلَيْهِ الْجَنَّةَ وَمَأْوَاهُ النَّارُ ۖ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ ۝٧٢
Laqad kafaral lazeena qaalooo innal laaha Huwal maseehub nu Maryama wa qaalal Maseehu yaa Baneee Israaa`eela budul laaha Rabbee wa Rabbakum innnahoo many-yushrik ballaahi faqad harramal laahu `alaihil jannata wa maa waahun Naaru wa maa lizzaalimeena min ansaar
📖 नेपाली अर्थ
तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा मसीह अल्लाह हुन् जबकि मसीहले यो भन्दै गर्दथे कि हे बनी इस्राईल ! अल्लाहकै उपसाना गर जो कि मेरो पनि पालनकर्ता हो र तिम्रो पनि । जानिराख कि जसले अल्लाहसँग साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ । र पापीहरूको कोही पनि सहयोगी हुनेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 70-74 — अल-माइदा

70لَقَدْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ وَأَرْسَلْنَا إِلَيْهِمْ رُسُلًا ۖ كُلَّمَا جَاءَهُمْ رَسُولٌ بِمَا لَا تَهْوَىٰ أَنفُسُهُمْ فَرِيقًا كَذَّبُوا وَفَرِيقًا يَقْتُلُونَ
हामीले निश्चयरूपले बनी इस्राईलबाट वाचा लिऔं र तिनीहरूतर्फ पैगम्बरहरू पनि पठायौं (तर) जब कुनै पैगम्बर उनीहरूसम्म यस्तो कुरा (अल्लाहको आदेश) लिएर आउँदथ्यो जुन उनी मनले रुचाउँन्नथे त उनीहरूले (पैगम्बरहरूको) एक समूहलाई झूठा भनिहाले र अर्को समूहलाई हत्या गरिदिए ।
71وَحَسِبُوا أَلَّا تَكُونَ فِتْنَةٌ فَعَمُوا وَصَمُّوا ثُمَّ تَابَ اللَّهُ عَلَيْهِمْ ثُمَّ عَمُوا وَصَمُّوا كَثِيرٌ مِّنْهُمْ ۚ وَاللَّهُ بَصِيرٌ بِمَا يَعْمَلُونَ
र यो ठाने कि कुनै जवाफदेही हुने छैन । तसर्थ तिनीहरू अन्धा र बहिरा भइहाले । अनि अल्लाहले तिनीहरूमाथि कृपा गर्यो, (तर) फेरि पनि तिनीहरूमध्ये धेरै जसो अन्धा र बहिरा भइहाले । र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापहरूलाई हेरिराखेको छ ।
72لَقَدْ كَفَرَ الَّذِينَ قَالُوا إِنَّ اللَّهَ هُوَ الْمَسِيحُ ابْنُ مَرْيَمَ ۖ وَقَالَ الْمَسِيحُ يَا بَنِي إِسْرَائِيلَ اعْبُدُوا اللَّهَ رَبِّي وَرَبَّكُمْ ۖ إِنَّهُ مَن يُشْرِكْ بِاللَّهِ فَقَدْ حَرَّمَ اللَّهُ عَلَيْهِ الْجَنَّةَ وَمَأْوَاهُ النَّارُ ۖ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ
तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा मसीह अल्लाह हुन् जबकि मसीहले यो भन्दै गर्दथे कि हे बनी इस्राईल ! अल्लाहकै उपसाना गर जो कि मेरो पनि पालनकर्ता हो र तिम्रो पनि । जानिराख कि जसले अल्लाहसँग साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ । र पापीहरूको कोही पनि सहयोगी हुनेछैन ।
73لَّقَدْ كَفَرَ الَّذِينَ قَالُوا إِنَّ اللَّهَ ثَالِثُ ثَلَاثَةٍ ۘ وَمَا مِنْ إِلَٰهٍ إِلَّا إِلَٰهٌ وَاحِدٌ ۚ وَإِن لَّمْ يَنتَهُوا عَمَّا يَقُولُونَ لَيَمَسَّنَّ الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابٌ أَلِيمٌ
निःसन्देह ती मानिसहरू पनि काफिर हुन् जसले भन्दछन् कि अल्लाह तीनमध्येको एक हो, जब कि वास्तवमा अल्लाह बाहेक अरु कोही उपासना योग्य छैन । यदि यी मानिसहरू यस्ता भनाई अथवा विश्वास परित्याग गर्दैनन् भने तिनीहरूमध्ये जो अवज्ञाकारी हुने छन् तिनीहरूलाई कष्टदायक सजाय अवश्य हुनेछ ।
74أَفَلَا يَتُوبُونَ إِلَى اللَّهِ وَيَسْتَغْفِرُونَهُ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ
(तसर्थ) यिनीहरूले अल्लाह अगाडि किन नतमस्तक हुँदैनन् र किन आफ्ना त्रुटिहरूका लागि क्षमा माँग्दैनन् । अल्लाह त ठूलो क्षमा प्रदान गर्नेवाला कृपालु छ ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
72आयत

अनुवाद — अल-माइदा 72

सूरा अल-माइदा आयत 72 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा…

सूरा आयत 72/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 70–74. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers