अल-आराफ · 130/206
अनुवाद उच्चारण — अल-आराफ
وَلَقَدْ أَخَذْنَا آلَ فِرْعَوْنَ بِالسِّنِينَ وَنَقْصٍ مِّنَ الثَّمَرَاتِ لَعَلَّهُمْ يَذَّكَّرُونَ ۝١٣٠
Wa laqad akhaznaaa Aala Fir`awna bis sineena wa naqsim minas samaraati la`allahum yazzakkaroon
📖 नेपाली अर्थ
र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं र अनिकाल ल्यायौं, जसबाट उनीहरूले चेतुन् ।

🎧 सुन्नुहोस्


📜 आयत 128-132 — अल-आराफ

128قَالَ مُوسَىٰ لِقَوْمِهِ اسْتَعِينُوا بِاللَّهِ وَاصْبِرُوا ۖ إِنَّ الْأَرْضَ لِلَّهِ يُورِثُهَا مَن يَشَاءُ مِنْ عِبَادِهِ ۖ وَالْعَاقِبَةُ لِلْمُتَّقِينَ
मूसा(अलैहिस्सलाम)ले आफ्नो जातिबन्धुसित भने, ‘‘अल्लाहको सहारा प्राप्त गर र धैर्य राख, यो धर्ती अल्लाहको हो, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ उसको मालिक बनाइदिन्छ र अन्तिम सफलता तिनैको हुन्छ जो अल्लाहसित डर मान्छन् ।’’
129قَالُوا أُوذِينَا مِن قَبْلِ أَن تَأْتِيَنَا وَمِن بَعْدِ مَا جِئْتَنَا ۚ قَالَ عَسَىٰ رَبُّكُمْ أَن يُهْلِكَ عَدُوَّكُمْ وَيَسْتَخْلِفَكُمْ فِي الْأَرْضِ فَيَنظُرَ كَيْفَ تَعْمَلُونَ
मूसाको जातिका मानिसहरूले भने, ‘‘हामी त सधैं उत्पीडनमा रहयौं, तपाईं आउनुभन्दा अगाडि पनि र पछाडि पनि ।’’ मूसाले भने, ‘‘छिट्टै अल्लाहले तिम्रो शत्रुलाई नष्ट पारिदिने छ र उनीहरूको सट्टा तिमीहरूलाई यस धर्तीको खलीफा (उत्तराधिकारी) बनाइदिनेछ, र हेर्नेछ कि तिम्रो व्यवहार कस्तो हुन्छ ।’’
130وَلَقَدْ أَخَذْنَا آلَ فِرْعَوْنَ بِالسِّنِينَ وَنَقْصٍ مِّنَ الثَّمَرَاتِ لَعَلَّهُمْ يَذَّكَّرُونَ
र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं र अनिकाल ल्यायौं, जसबाट उनीहरूले चेतुन् ।
131فَإِذَا جَاءَتْهُمُ الْحَسَنَةُ قَالُوا لَنَا هَٰذِهِ ۖ وَإِن تُصِبْهُمْ سَيِّئَةٌ يَطَّيَّرُوا بِمُوسَىٰ وَمَن مَّعَهُ ۗ أَلَا إِنَّمَا طَائِرُهُمْ عِندَ اللَّهِ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ
तसर्थ जब तिनीहरूलाई सुख प्राप्त हुन्थ्यो त भन्थे कि हामी यसका हकदार हौं र कष्ट आइपर्दा मूसा र उनका साथीहरूलाई अलच्छिन् भन्थे । यादराख तिनीहरूको अलच्छिन्पना अल्लाहको पासमा छ, र उनीहरूमध्ये अधिकांश जान्दैनन् ।
132وَقَالُوا مَهْمَا تَأْتِنَا بِهِ مِنْ آيَةٍ لِّتَسْحَرَنَا بِهَا فَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ
र उनीहरूले भन्दथे, ‘‘तिमी हामीमाथि जादू गर्न जुनसुकै निशानी हाम्रो सामु ल्याए पनि, हामी तिमीमाथि विश्वास गर्नेवाला छैनौं ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
130आयत

अनुवाद — अल-आराफ 130

सूरा अल-आराफ आयत 130 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं…

सूरा आयत 130/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 128–132. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers