अल-आराफ · 182/206
अनुवाद उच्चारण — सूरा अल-आराफ
وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ ۝١٨٢
Wallazeena kazzaboo bi Aayaatinaa sanastadrijuhum min haisu laa ya`lamoon
📖 नेपाली अर्थ
र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो पकडमा लगिराखेका छौं । यस्तो तरीकाबाट जुन उनीहरू जान्दैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 180-184 — सूरा अल-आराफ

180وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَىٰ فَادْعُوهُ بِهَا ۖ وَذَرُوا الَّذِينَ يُلْحِدُونَ فِي أَسْمَائِهِ ۚ سَيُجْزَوْنَ مَا كَانُوا يَعْمَلُونَ
र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार र यस्ता मानिससित सम्बन्ध पनि नराख जो उसको नामको सम्बन्धमा कुटिलता गर्छन् । यिनीहरू यसका निम्ति अवश्य नै दण्ड पाउनेछन् ।
181وَمِمَّنْ خَلَقْنَا أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ
हामीले सृष्टि गरेका प्राणीहरूमध्ये एउटा यस्तो समूह पनि छ, जसले सत्य अनुसार मार्ग देखाउँछ र त्यसै बमोजिम न्याय पनि गर्दछ ।
182وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ
र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो पकडमा लगिराखेका छौं । यस्तो तरीकाबाट जुन उनीहरू जान्दैनन् ।
183وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ
(म त) उनीहरूलाई छूट दिइराखेको छु । निश्चय नै मेरो योजना अत्यन्त सुदृढ छ ।
184أَوَلَمْ يَتَفَكَّرُوا ۗ مَا بِصَاحِبِهِم مِّن جِنَّةٍ ۚ إِنْ هُوَ إِلَّا نَذِيرٌ مُّبِينٌ
के उनीहरूले यस कुराको विचार गरेनन् कि उनको साथीलाई उन्माद छैन । उनी त मात्र एउटा स्पष्टरूपले सचेत गराउनेवाला हुन् ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
182आयत

अनुवाद — अल-आराफ 182

सूरा अल-आराफ आयत 182 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो…

सूरा आयत 182/206 — सूरा अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आराफ सुन्नुहोस्, सूरा अल-आराफ अनुवाद, सूरा अल-आराफ mp3, सूरा अल-आराफ pdf. आयत 180–184. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers