युसुफ · 19/111
अनुवाद उच्चारण — युसुफ
وَجَاءَتْ سَيَّارَةٌ فَأَرْسَلُوا وَارِدَهُمْ فَأَدْلَىٰ دَلْوَهُ ۖ قَالَ يَا بُشْرَىٰ هَٰذَا غُلَامٌ ۚ وَأَسَرُّوهُ بِضَاعَةً ۚ وَاللَّهُ عَلِيمٌ بِمَا يَعْمَلُونَ ۝١٩
Wa jaaa`at saiyaaratun fa-arsaloo waaridahum fa adlaa dalwah; qaala yaa bushraa haaza ghulaam; wa asarroohu bi-daa`ah; wallaahu `aleemum bimaa ya`maloon
📖 नेपाली अर्थ
एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — युसुफ

17قَالُوا يَا أَبَانَا إِنَّا ذَهَبْنَا نَسْتَبِقُ وَتَرَكْنَا يُوسُفَ عِندَ مَتَاعِنَا فَأَكَلَهُ الذِّئْبُ ۖ وَمَا أَنتَ بِمُؤْمِنٍ لَّنَا وَلَوْ كُنَّا صَادِقِينَ
र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।
18وَجَاءُوا عَلَىٰ قَمِيصِهِ بِدَمٍ كَذِبٍ ۚ قَالَ بَلْ سَوَّلَتْ لَكُمْ أَنفُسُكُمْ أَمْرًا ۖ فَصَبْرٌ جَمِيلٌ ۖ وَاللَّهُ الْمُسْتَعَانُ عَلَىٰ مَا تَصِفُونَ
र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।
19وَجَاءَتْ سَيَّارَةٌ فَأَرْسَلُوا وَارِدَهُمْ فَأَدْلَىٰ دَلْوَهُ ۖ قَالَ يَا بُشْرَىٰ هَٰذَا غُلَامٌ ۚ وَأَسَرُّوهُ بِضَاعَةً ۚ وَاللَّهُ عَلِيمٌ بِمَا يَعْمَلُونَ
एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।
20وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَةٍ وَكَانُوا فِيهِ مِنَ الزَّاهِدِينَ
र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।
21وَقَالَ الَّذِي اشْتَرَاهُ مِن مِّصْرَ لِامْرَأَتِهِ أَكْرِمِي مَثْوَاهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا ۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ وَلِنُعَلِّمَهُ مِن تَأْوِيلِ الْأَحَادِيثِ ۚ وَاللَّهُ غَالِبٌ عَلَىٰ أَمْرِهِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ
र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।
युसुफकुरान अनुक्रमणिका
111आयत
MeccanRevelation
19आयत

अनुवाद — युसुफ 19

सूरा युसुफ आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए…

सूरा आयत 19/111 — युसुफ يوسف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युसुफ सुन्नुहोस्, युसुफ अनुवाद, युसुफ mp3, युसुफ pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers