युसुफ · 21/111
अनुवाद उच्चारण — युसुफ
وَقَالَ الَّذِي اشْتَرَاهُ مِن مِّصْرَ لِامْرَأَتِهِ أَكْرِمِي مَثْوَاهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا ۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ وَلِنُعَلِّمَهُ مِن تَأْوِيلِ الْأَحَادِيثِ ۚ وَاللَّهُ غَالِبٌ عَلَىٰ أَمْرِهِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ ۝٢١
Wa qaalal lazish taraahu mim Misra limra atiheee akrimee maswaahu `asaaa any-yanfa`anaaa aw nattakhizahoo waladaa; wa kazaalika mak-kannaa li-Yoosufa fil ardi wa linu`allimahoo min taaweelil ahaadees; wallaahu ghaalibun `alaaa amrihee wa laakinna aksaran naasi laa ya`lamoon
📖 नेपाली अर्थ
र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — युसुफ

19وَجَاءَتْ سَيَّارَةٌ فَأَرْسَلُوا وَارِدَهُمْ فَأَدْلَىٰ دَلْوَهُ ۖ قَالَ يَا بُشْرَىٰ هَٰذَا غُلَامٌ ۚ وَأَسَرُّوهُ بِضَاعَةً ۚ وَاللَّهُ عَلِيمٌ بِمَا يَعْمَلُونَ
एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।
20وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَةٍ وَكَانُوا فِيهِ مِنَ الزَّاهِدِينَ
र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।
21وَقَالَ الَّذِي اشْتَرَاهُ مِن مِّصْرَ لِامْرَأَتِهِ أَكْرِمِي مَثْوَاهُ عَسَىٰ أَن يَنفَعَنَا أَوْ نَتَّخِذَهُ وَلَدًا ۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ وَلِنُعَلِّمَهُ مِن تَأْوِيلِ الْأَحَادِيثِ ۚ وَاللَّهُ غَالِبٌ عَلَىٰ أَمْرِهِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ
र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।
22وَلَمَّا بَلَغَ أَشُدَّهُ آتَيْنَاهُ حُكْمًا وَعِلْمًا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।
23وَرَاوَدَتْهُ الَّتِي هُوَ فِي بَيْتِهَا عَن نَّفْسِهِ وَغَلَّقَتِ الْأَبْوَابَ وَقَالَتْ هَيْتَ لَكَ ۚ قَالَ مَعَاذَ اللَّهِ ۖ إِنَّهُ رَبِّي أَحْسَنَ مَثْوَايَ ۖ إِنَّهُ لَا يُفْلِحُ الظَّالِمُونَ
तर जुन स्त्रीको घरमा यूसुफ बस्दथे, उसले आफूतिर आकृष्ट गर्न खोजी र ढोका थुनि भन्नथाली (यूसुफ !) छिटो आऊ । उनले भने कि अल्लाहले, शरण प्रदान गरोस्, उही मेरो पालनकर्ता हो, उसले मलाई राम्ररी राखेको छ निःसन्देह अत्याचारी मानिसहरू कहिल्यै सफलता प्राप्त गर्दैनन् ।
युसुफकुरान अनुक्रमणिका
111आयत
MeccanRevelation
21आयत

अनुवाद — युसुफ 21

सूरा युसुफ आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो…

सूरा आयत 21/111 — युसुफ يوسف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युसुफ सुन्नुहोस्, युसुफ अनुवाद, युसुफ mp3, युसुफ pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers