युसुफ · 38/111
अनुवाद उच्चारण — युसुफ
وَاتَّبَعْتُ مِلَّةَ آبَائِي إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ ۚ مَا كَانَ لَنَا أَن نُّشْرِكَ بِاللَّهِ مِن شَيْءٍ ۚ ذَٰلِكَ مِن فَضْلِ اللَّهِ عَلَيْنَا وَعَلَى النَّاسِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَشْكُرُونَ ۝٣٨
Wattab`tu millata aabaaa`eee Ibraaheema wa Ishaaqa wa Ya`qoob; maa kaana lanaaa an nushrika billaahi min shai` zaalikamin fadlil laahi `alainaa wa `alan naasi wa laakinna aksaran naasi laa yashkuroon
📖 नेपाली अर्थ
र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — युसुफ

36وَدَخَلَ مَعَهُ السِّجْنَ فَتَيَانِ ۖ قَالَ أَحَدُهُمَا إِنِّي أَرَانِي أَعْصِرُ خَمْرًا ۖ وَقَالَ الْآخَرُ إِنِّي أَرَانِي أَحْمِلُ فَوْقَ رَأْسِي خُبْزًا تَأْكُلُ الطَّيْرُ مِنْهُ ۖ نَبِّئْنَا بِتَأْوِيلِهِ ۖ إِنَّا نَرَاكَ مِنَ الْمُحْسِنِينَ
र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।
37قَالَ لَا يَأْتِيكُمَا طَعَامٌ تُرْزَقَانِهِ إِلَّا نَبَّأْتُكُمَا بِتَأْوِيلِهِ قَبْلَ أَن يَأْتِيَكُمَا ۚ ذَٰلِكُمَا مِمَّا عَلَّمَنِي رَبِّي ۚ إِنِّي تَرَكْتُ مِلَّةَ قَوْمٍ لَّا يُؤْمِنُونَ بِاللَّهِ وَهُم بِالْآخِرَةِ هُمْ كَافِرُونَ
यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।
38وَاتَّبَعْتُ مِلَّةَ آبَائِي إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ ۚ مَا كَانَ لَنَا أَن نُّشْرِكَ بِاللَّهِ مِن شَيْءٍ ۚ ذَٰلِكَ مِن فَضْلِ اللَّهِ عَلَيْنَا وَعَلَى النَّاسِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَشْكُرُونَ
र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।
39يَا صَاحِبَيِ السِّجْنِ أَأَرْبَابٌ مُّتَفَرِّقُونَ خَيْرٌ أَمِ اللَّهُ الْوَاحِدُ الْقَهَّارُ
मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान् र सर्वशक्तिमान छ ।
40مَا تَعْبُدُونَ مِن دُونِهِ إِلَّا أَسْمَاءً سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِنِ الْحُكْمُ إِلَّا لِلَّهِ ۚ أَمَرَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ ۚ ذَٰلِكَ الدِّينُ الْقَيِّمُ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ
जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् ।
युसुफकुरान अनुक्रमणिका
111आयत
MeccanRevelation
38आयत

अनुवाद — युसुफ 38

सूरा युसुफ आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी…

सूरा आयत 38/111 — युसुफ يوسف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युसुफ सुन्नुहोस्, युसुफ अनुवाद, युसुफ mp3, युसुफ pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers