अल-बकरा · 244/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
وَقَاتِلُوا فِي سَبِيلِ اللَّهِ وَاعْلَمُوا أَنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ ۝٢٤٤
Wa qaatiloo fee sabeelil laahi wa`lamooo annal laaha Samee`un `Aleem
📖 नेपाली अर्थ
अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै सुन्दछ र जान्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 242-246 — सूरा अल-बकरा

242كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ
यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि तिमी बुझ्नसक ।
243۞ أَلَمْ تَرَ إِلَى الَّذِينَ خَرَجُوا مِن دِيَارِهِمْ وَهُمْ أُلُوفٌ حَذَرَ الْمَوْتِ فَقَالَ لَهُمُ اللَّهُ مُوتُوا ثُمَّ أَحْيَاهُمْ ۚ إِنَّ اللَّهَ لَذُو فَضْلٍ عَلَى النَّاسِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَشْكُرُونَ
के तिमीले तिनीहरूलाई देखेनौ जो हजारौं थिए र मृत्युको भयले आफ्ना घरहरू छाडी भागेका थिए । अल्लाहले तिनलाई मर्न आदेश दियो फेरि तिनीहरूलाई जीवित पार्यो । कुनै शकां छैन कि मानिसहरूमाथि अल्लाहले कृपाभाव राख्दछ, तर धेरै जसो कृतज्ञ हुँदैनन् ।
244وَقَاتِلُوا فِي سَبِيلِ اللَّهِ وَاعْلَمُوا أَنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ
अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै सुन्दछ र जान्दछ ।
245مَّن ذَا الَّذِي يُقْرِضُ اللَّهَ قَرْضًا حَسَنًا فَيُضَاعِفَهُ لَهُ أَضْعَافًا كَثِيرَةً ۚ وَاللَّهُ يَقْبِضُ وَيَبْسُطُ وَإِلَيْهِ تُرْجَعُونَ
कोही यस्तो पनि छ ? जसले अल्लाहलाई राम्रो कर्जा (धर्म कार्यमा खर्च गर्ने रकम) देओस् जसको सट्टामा त्योभन्दा धेरै गुणा बढी अल्लाहले प्रदान गर्नेछ ? अल्लाहले नै जीविकालाई खुम्च्याउने र बढाउने गर्दछ र तिमी उसैतिर फर्केर जानेछौ ।
246أَلَمْ تَرَ إِلَى الْمَلَإِ مِن بَنِي إِسْرَائِيلَ مِن بَعْدِ مُوسَىٰ إِذْ قَالُوا لِنَبِيٍّ لَّهُمُ ابْعَثْ لَنَا مَلِكًا نُّقَاتِلْ فِي سَبِيلِ اللَّهِ ۖ قَالَ هَلْ عَسَيْتُمْ إِن كُتِبَ عَلَيْكُمُ الْقِتَالُ أَلَّا تُقَاتِلُوا ۖ قَالُوا وَمَا لَنَا أَلَّا نُقَاتِلَ فِي سَبِيلِ اللَّهِ وَقَدْ أُخْرِجْنَا مِن دِيَارِنَا وَأَبْنَائِنَا ۖ فَلَمَّا كُتِبَ عَلَيْهِمُ الْقِتَالُ تَوَلَّوْا إِلَّا قَلِيلًا مِّنْهُمْ ۗ وَاللَّهُ عَلِيمٌ بِالظَّالِمِينَ
के तिमीले बनी इस्राईलको मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्ना पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्ना वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि युद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
244आयत

अनुवाद — अल-बकरा 244

सूरा अल-बकरा आयत 244 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै…

सूरा आयत 244/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 242–246. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers