अल-बकरा · 89/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
وَلَمَّا جَاءَهُمْ كِتَابٌ مِّنْ عِندِ اللَّهِ مُصَدِّقٌ لِّمَا مَعَهُمْ وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا فَلَمَّا جَاءَهُم مَّا عَرَفُوا كَفَرُوا بِهِ ۚ فَلَعْنَةُ اللَّهِ عَلَى الْكَافِرِينَ ۝٨٩
Wa lammaa jaaa`ahum Kitaabum min `indil laahi musaddiqul limaa ma`ahum wa kaanoo min qablu yastaftihoona `alal lazeena kafaroo falammaa jaaa`ahum maa `arafoo kafaroo bih; fala `natul laahi `alal kaafireen
📖 नेपाली अर्थ
र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वय्म त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 87-91 — सूरा अल-बकरा

87وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ وَقَفَّيْنَا مِن بَعْدِهِ بِالرُّسُلِ ۖ وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ ۗ أَفَكُلَّمَا جَاءَكُمْ رَسُولٌ بِمَا لَا تَهْوَىٰ أَنفُسُكُمُ اسْتَكْبَرْتُمْ فَفَرِيقًا كَذَّبْتُمْ وَفَرِيقًا تَقْتُلُونَ
हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनको पछाडि अन्य रसूल पठाउँदै गर्यौं, र ईसा बिन मरियमलाई स्पष्ट तर्कहरू प्रदान गर्यौं र रूहुलकुदस (जिब्राइल) द्वारा उनको पुष्टि गर्यौं । तर जब कुनै अल्लाहको दूत तिमीहरूतिर यस्ता कुराहरू लिएर आए जुन कि तिमीहरूलाई रुच्दैनथ्यो तब तिमीहरू अहंकारी हुन पुग्थे र केहीलाई झूठा भने र केहीको हत्या पनि गरे ।
88وَقَالُوا قُلُوبُنَا غُلْفٌ ۚ بَل لَّعَنَهُمُ اللَّهُ بِكُفْرِهِمْ فَقَلِيلًا مَّا يُؤْمِنُونَ
तिनीहरू भन्दछन्ः हाम्रो हृदय पर्दामा छन् । होइन, बरु अल्लाहले तिनको नास्तिकताको कारणले तिनीलाई अभिशप्त गरेको छ, तसर्थ तिनीहरूमा आस्थावान अत्यन्त थोरै छन् ।
89وَلَمَّا جَاءَهُمْ كِتَابٌ مِّنْ عِندِ اللَّهِ مُصَدِّقٌ لِّمَا مَعَهُمْ وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا فَلَمَّا جَاءَهُم مَّا عَرَفُوا كَفَرُوا بِهِ ۚ فَلَعْنَةُ اللَّهِ عَلَى الْكَافِرِينَ
र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वय्म त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।
90بِئْسَمَا اشْتَرَوْا بِهِ أَنفُسَهُمْ أَن يَكْفُرُوا بِمَا أَنزَلَ اللَّهُ بَغْيًا أَن يُنَزِّلَ اللَّهُ مِن فَضْلِهِ عَلَىٰ مَن يَشَاءُ مِنْ عِبَادِهِ ۖ فَبَاءُوا بِغَضَبٍ عَلَىٰ غَضَبٍ ۚ وَلِلْكَافِرِينَ عَذَابٌ مُّهِينٌ
त्यो चीज साह्रै नराम्रो छ, जसको सट्टा तिनीहरूले आफूलाई बेचिहाले, त्यो तिनीहरूको अनास्था हो, अल्लाहको तर्फबाट आएको चीजसंग मात्र यस डाहको कारण कि अल्लाहले आफ्ना भक्तहरूमध्ये जसमाथि चाह्यो आफ्नो कृपा गर्यो, यसकारण तिनीहरू एक क्रोध पछि अर्को क्रोधका पात्र भए । र अनास्थावानहरूका लागि अपमानजनक सजाय छ ।
91وَإِذَا قِيلَ لَهُمْ آمِنُوا بِمَا أَنزَلَ اللَّهُ قَالُوا نُؤْمِنُ بِمَا أُنزِلَ عَلَيْنَا وَيَكْفُرُونَ بِمَا وَرَاءَهُ وَهُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا مَعَهُمْ ۗ قُلْ فَلِمَ تَقْتُلُونَ أَنبِيَاءَ اللَّهِ مِن قَبْلُ إِن كُنتُم مُّؤْمِنِينَ
र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले प्रदान गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्योसंग अनास्था राख्दछन् । तिनीहरूसित यो सोध कि यदि तिमी अघिल्ला किताबहरूमाथि आस्था राख्दछौ त फेरि तिमीले अल्लाहका दूतहरूलाई किन मारिदिन्थ्यौ
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
89आयत

अनुवाद — अल-बकरा 89

सूरा अल-बकरा आयत 89 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको…

सूरा आयत 89/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 87–91. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers