लुकमान · 12/34
अनुवाद उच्चारण — लुकमान
وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ أَنِ اشْكُرْ لِلَّهِ ۚ وَمَن يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ ۖ وَمَن كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ حَمِيدٌ ۝١٢
Wa laqad aatainaa Luqmaanal hikmata anishkur lillaah; wa many yashkur fa innamaa yashkuru linafsihee wa man kafara fa innal laaha Ghaniyyun Hameed
📖 नेपाली अर्थ
र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — लुकमान

10خَلَقَ السَّمَاوَاتِ بِغَيْرِ عَمَدٍ تَرَوْنَهَا ۖ وَأَلْقَىٰ فِي الْأَرْضِ رَوَاسِيَ أَن تَمِيدَ بِكُمْ وَبَثَّ فِيهَا مِن كُلِّ دَابَّةٍ ۚ وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَنبَتْنَا فِيهَا مِن كُلِّ زَوْجٍ كَرِيمٍ
उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।
11هَٰذَا خَلْقُ اللَّهِ فَأَرُونِي مَاذَا خَلَقَ الَّذِينَ مِن دُونِهِ ۚ بَلِ الظَّالِمُونَ فِي ضَلَالٍ مُّبِينٍ
यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।
12وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ أَنِ اشْكُرْ لِلَّهِ ۚ وَمَن يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ ۖ وَمَن كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ حَمِيدٌ
र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।
13وَإِذْ قَالَ لُقْمَانُ لِابْنِهِ وَهُوَ يَعِظُهُ يَا بُنَيَّ لَا تُشْرِكْ بِاللَّهِ ۖ إِنَّ الشِّرْكَ لَظُلْمٌ عَظِيمٌ
र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।
14وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَىٰ وَهْنٍ وَفِصَالُهُ فِي عَامَيْنِ أَنِ اشْكُرْ لِي وَلِوَالِدَيْكَ إِلَيَّ الْمَصِيرُ
र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।
लुकमानकुरान अनुक्रमणिका
34आयत
MeccanRevelation
12आयत

अनुवाद — लुकमान 12

सूरा लुकमान आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका…

सूरा आयत 12/34 — लुकमान لقمان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: लुकमान सुन्नुहोस्, लुकमान अनुवाद, लुकमान mp3, लुकमान pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers