अल-अहकाफ · 7/35
अनुवाद उच्चारण — अल-अहकाफ
وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ قَالَ الَّذِينَ كَفَرُوا لِلْحَقِّ لَمَّا جَاءَهُمْ هَٰذَا سِحْرٌ مُّبِينٌ ۝٧
Wa izaa tutlaa `alaihim Aayaatunaa baiyinaatin qaalal lazeena kafaroo lilhaqqi lammaa jaaa`ahum haazaa sihrum mubeen
📖 नेपाली अर्थ
र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-अहकाफ

5وَمَنْ أَضَلُّ مِمَّن يَدْعُو مِن دُونِ اللَّهِ مَن لَّا يَسْتَجِيبُ لَهُ إِلَىٰ يَوْمِ الْقِيَامَةِ وَهُمْ عَن دُعَائِهِمْ غَافِلُونَ
त्यस व्यक्तिभन्दा बढी पथभ्रष्ट को होला ? जसले अल्लाहलाई छाडि यस्तोलाई पुकार्दछन् जसले कयामतको दिनसम्म उनीहरूको प्रार्थनालाई स्वीकार गर्न सक्दैनन्, बरु उनीहरूको पुकारबाट एकदम अज्ञान छन् ।
6وَإِذَا حُشِرَ النَّاسُ كَانُوا لَهُمْ أَعْدَاءً وَكَانُوا بِعِبَادَتِهِمْ كَافِرِينَ
र जब मानिसहरूलाई एकत्रित गरिने छ तब यिनीहरू उनीहरूको शत्रु हुनेछन्ः र तिनीहरूको उपासनाबाट स्पष्ट इन्कार गर्नेछन् ।
7وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ قَالَ الَّذِينَ كَفَرُوا لِلْحَقِّ لَمَّا جَاءَهُمْ هَٰذَا سِحْرٌ مُّبِينٌ
र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।
8أَمْ يَقُولُونَ افْتَرَاهُ ۖ قُلْ إِنِ افْتَرَيْتُهُ فَلَا تَمْلِكُونَ لِي مِنَ اللَّهِ شَيْئًا ۖ هُوَ أَعْلَمُ بِمَا تُفِيضُونَ فِيهِ ۖ كَفَىٰ بِهِ شَهِيدًا بَيْنِي وَبَيْنَكُمْ ۖ وَهُوَ الْغَفُورُ الرَّحِيمُ
के उनीहरूले भन्दछन्ः कि यसलाई उनले स्वयं नै रचिहालेका छन् ? तपाई भनिदिनुस् यदि ‘‘मैले नै यसलाई स्वयं रचेको छु भने अल्लाहको विरुद्ध मेरो निम्ति तिमीलाई कुनै पनि अधिकार छैन । यस (कुरआन) को विषयमा तिमीले जुन कुरा भन्न सुन्न लागिराखेका छौ, त्यसले उसलाई राम्ररी जान्दछ, उही नै मेरो र तिम्रोबीचमा साक्षीको लागि पर्याप्त छ । र ऊ बडो क्षमाशील अत्यन्त दयावान छ ।
9قُلْ مَا كُنتُ بِدْعًا مِّنَ الرُّسُلِ وَمَا أَدْرِي مَا يُفْعَلُ بِي وَلَا بِكُمْ ۖ إِنْ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰ إِلَيَّ وَمَا أَنَا إِلَّا نَذِيرٌ مُّبِينٌ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । र मलाई थाहा छैन कि मसँग र तिमीसंग के गरिनेछ म त उसको मात्र पैरवी गर्दछु, जुन मतिर वह्य पठाइन्छ र म त खुल्लम खुल्ला सावधान गर्नेवाला हूँ ।’’
अल-अहकाफकुरान अनुक्रमणिका
35आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-अहकाफ 7

सूरा अल-अहकाफ आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य…

सूरा आयत 7/35 — अल-अहकाफ الأحقاف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अहकाफ सुन्नुहोस्, अल-अहकाफ अनुवाद, अल-अहकाफ mp3, अल-अहकाफ pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers