अल-माइदा · 15/120
अनुवाद उच्चारण — सूरा अल-माइदा
يَا أَهْلَ الْكِتَابِ قَدْ جَاءَكُمْ رَسُولُنَا يُبَيِّنُ لَكُمْ كَثِيرًا مِّمَّا كُنتُمْ تُخْفُونَ مِنَ الْكِتَابِ وَيَعْفُو عَن كَثِيرٍ ۚ قَدْ جَاءَكُم مِّنَ اللَّهِ نُورٌ وَكِتَابٌ مُّبِينٌ ۝١٥
yaaa Ahlal kitaabi qad jaaa`akum Rasoolunaa yubaiyinu lakum kaseeram mimmmaa kuntum tukhfoona minal Kitaabi wa ya`foo `an kaseer; qad jaaa`akum minal laahi noorunw wa Kitaabum Mubeen
📖 नेपाली अर्थ
हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर आइसकेको छ । जसले कि तिमीलाई किताबको धेरै यस्ता कुराहरू स्पष्ट गर्दैछ जुन तिमीले लुकाउँदथ्यौ र तिम्रा धेरै त्रुटिहरूलाई क्षमा गर्दैछ । निःसन्देह तिम्रो नजिकमा अल्लाहबाट प्रकाश र स्पष्ट किताब (कुरआन) आइसकेको छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 13-17 — सूरा अल-माइदा

13فَبِمَا نَقْضِهِم مِّيثَاقَهُمْ لَعَنَّاهُمْ وَجَعَلْنَا قُلُوبَهُمْ قَاسِيَةً ۖ يُحَرِّفُونَ الْكَلِمَ عَن مَّوَاضِعِهِ ۙ وَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ ۚ وَلَا تَزَالُ تَطَّلِعُ عَلَىٰ خَائِنَةٍ مِّنْهُمْ إِلَّا قَلِيلًا مِّنْهُمْ ۖ فَاعْفُ عَنْهُمْ وَاصْفَحْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ
फेरि तिनीहरूले वचन तोडिदिएको हुनाले हामीले तिनीहरूलाई तिरस्कृत गर्यौ, र तिनीहरूका हृदयलाई कठोर बनाइदियौं । किनभने यिनीहरूले शब्दहरूलाई (वह्यगरिएका वाणीलाई) तिनका ठाउँबाट बदलिहाल्दछन् र जुन कुराको तिनीहरूलाई निर्देश दिइएको थियो, त्यसको ठूलो भागलाई बिर्सिसकेका छन्, र केही मानिसहरू बाहेक सधै तिनीहरूको एउटा नएउटा छलकपटको कुरा तिमीहरूलाई जानकारी दिई राखिने छौं । तसर्थ तिनीहरूलाई क्षमा गरिदेऊ र तिनीको कुराको वास्ता नगर, किनकि अल्लाहले भलाई गर्नेहरूलाई मायाँ गर्दछ ।
14وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَىٰ أَخَذْنَا مِيثَاقَهُمْ فَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ فَأَغْرَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۚ وَسَوْفَ يُنَبِّئُهُمُ اللَّهُ بِمَا كَانُوا يَصْنَعُونَ
र जुन मानिसहरूले आफूलाई ईसाई भन्दछन् हामीले तिनीहरूबाट पनि वाचा लिएका थियौं तर तिनीहरूले पनि त्यसको ठूलो भाग बिर्सिहाले, अनि हामीले पनि तिनीहरूको बीचमा कियामतको दिनसम्म शत्रुता र घृणा जागृत गराइहाल्यौ र शीघ्र नै अल्लाहले तिनीहरूलाई तिनको कर्मको जानकारी दिनेछ ।
15يَا أَهْلَ الْكِتَابِ قَدْ جَاءَكُمْ رَسُولُنَا يُبَيِّنُ لَكُمْ كَثِيرًا مِّمَّا كُنتُمْ تُخْفُونَ مِنَ الْكِتَابِ وَيَعْفُو عَن كَثِيرٍ ۚ قَدْ جَاءَكُم مِّنَ اللَّهِ نُورٌ وَكِتَابٌ مُّبِينٌ
हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर आइसकेको छ । जसले कि तिमीलाई किताबको धेरै यस्ता कुराहरू स्पष्ट गर्दैछ जुन तिमीले लुकाउँदथ्यौ र तिम्रा धेरै त्रुटिहरूलाई क्षमा गर्दैछ । निःसन्देह तिम्रो नजिकमा अल्लाहबाट प्रकाश र स्पष्ट किताब (कुरआन) आइसकेको छ ।
16يَهْدِي بِهِ اللَّهُ مَنِ اتَّبَعَ رِضْوَانَهُ سُبُلَ السَّلَامِ وَيُخْرِجُهُم مِّنَ الظُّلُمَاتِ إِلَى النُّورِ بِإِذْنِهِ وَيَهْدِيهِمْ إِلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ
जसको माध्यमबाट अल्लाहले त्यस्ताहरूलाई शान्तिमार्ग देखाउँछ जसले कि उसको प्रसन्नता प्राप्त गर्न चाहन्छन् र आफ्नो दैवानुग्रहद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजान्छ र तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्दछ ।
17لَّقَدْ كَفَرَ الَّذِينَ قَالُوا إِنَّ اللَّهَ هُوَ الْمَسِيحُ ابْنُ مَرْيَمَ ۚ قُلْ فَمَن يَمْلِكُ مِنَ اللَّهِ شَيْئًا إِنْ أَرَادَ أَن يُهْلِكَ الْمَسِيحَ ابْنَ مَرْيَمَ وَأُمَّهُ وَمَن فِي الْأَرْضِ جَمِيعًا ۗ وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا ۚ يَخْلُقُ مَا يَشَاءُ ۚ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
जति मानिसहरूले यो भन्दछन् कि अल्लाह नै ईसा बिन मरियम हुन् । तिनीहरू निःसन्देह काफिर हुन् । तपाईले भनिदिनुस् कि यदि अल्लाह, ईसा बिन मरियम र उनको आमा र पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्न चाहन्छ भने, उसको अगाडि कसको के लाग्न सक्छ ? र आकाश धरती र जे जति दुवैको बीचमा छन्, सबै अल्लाहकै हुन् । उसले जे चाहन्छ सृष्टि गर्दछ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
15आयत

अनुवाद — अल-माइदा 15

सूरा अल-माइदा आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर…

सूरा आयत 15/120 — सूरा अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-माइदा सुन्नुहोस्, सूरा अल-माइदा अनुवाद, सूरा अल-माइदा mp3, सूरा अल-माइदा pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers