अल-हश्र · 21/24
अनुवाद उच्चारण — अल-हश्र
لَوْ أَنزَلْنَا هَٰذَا الْقُرْآنَ عَلَىٰ جَبَلٍ لَّرَأَيْتَهُ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ ۚ وَتِلْكَ الْأَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ لَعَلَّهُمْ يَتَفَكَّرُونَ ۝٢١
Law anzalnaa haazal quraana `alaa jabilil lara aytahoo khaashi`am muta saddi`am min khashiyatil laah; wa tilkal amsaalu nadribuhaa linnaasi la`allahum yatafakkaroon
📖 नेपाली अर्थ
यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अल-हश्र

19وَلَا تَكُونُوا كَالَّذِينَ نَسُوا اللَّهَ فَأَنسَاهُمْ أَنفُسَهُمْ ۚ أُولَٰئِكَ هُمُ الْفَاسِقُونَ
र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।
20لَا يَسْتَوِي أَصْحَابُ النَّارِ وَأَصْحَابُ الْجَنَّةِ ۚ أَصْحَابُ الْجَنَّةِ هُمُ الْفَائِزُونَ
नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।
21لَوْ أَنزَلْنَا هَٰذَا الْقُرْآنَ عَلَىٰ جَبَلٍ لَّرَأَيْتَهُ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ ۚ وَتِلْكَ الْأَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ لَعَلَّهُمْ يَتَفَكَّرُونَ
यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।
22هُوَ اللَّهُ الَّذِي لَا إِلَٰهَ إِلَّا هُوَ ۖ عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ ۖ هُوَ الرَّحْمَٰنُ الرَّحِيمُ
उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।
23هُوَ اللَّهُ الَّذِي لَا إِلَٰهَ إِلَّا هُوَ الْمَلِكُ الْقُدُّوسُ السَّلَامُ الْمُؤْمِنُ الْمُهَيْمِنُ الْعَزِيزُ الْجَبَّارُ الْمُتَكَبِّرُ ۚ سُبْحَانَ اللَّهِ عَمَّا يُشْرِكُونَ
त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।
अल-हश्रकुरान अनुक्रमणिका
24आयत
MedinanRevelation
21आयत

अनुवाद — अल-हश्र 21

सूरा अल-हश्र आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले…

सूरा आयत 21/24 — अल-हश्र الحشر (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हश्र सुन्नुहोस्, अल-हश्र अनुवाद, अल-हश्र mp3, अल-हश्र pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers