अल-अनआम · 155/165
अनुवाद उच्चारण — अल-अनआम
وَهَٰذَا كِتَابٌ أَنزَلْنَاهُ مُبَارَكٌ فَاتَّبِعُوهُ وَاتَّقُوا لَعَلَّكُمْ تُرْحَمُونَ ۝١٥٥
Wa haazaa Kitaabun anzalnaahu Mubaarakun fattabi`oohu wattaqoo la`al lakum urhamoon
📖 नेपाली अर्थ
र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको रूपमा तसर्थ यसको अनुशरण गर र डर मान जसबाट तिमीमाथि दया गरियोस् ।
🎧 सुन्नुहोस्

📜 आयत 153-157 — अल-अनआम

153وَأَنَّ هَٰذَا صِرَاطِي مُسْتَقِيمًا فَاتَّبِعُوهُ ۖ وَلَا تَتَّبِعُوا السُّبُلَ فَتَفَرَّقَ بِكُمْ عَن سَبِيلِهِ ۚ ذَٰلِكُمْ وَصَّاكُم بِهِ لَعَلَّكُمْ تَتَّقُونَ
र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडे अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ जसबाट तिमी आत्मसंयमी बन्नसक ।
154ثُمَّ آتَيْنَا مُوسَى الْكِتَابَ تَمَامًا عَلَى الَّذِي أَحْسَنَ وَتَفْصِيلًا لِّكُلِّ شَيْءٍ وَهُدًى وَرَحْمَةً لَّعَلَّهُم بِلِقَاءِ رَبِّهِمْ يُؤْمِنُونَ
फेरि हामीले मुसालाई यस्तो किताब प्रदान गरेका थियौं, जुन राम्रोकाम गर्ने मानिसहरूका लागि पुरा उपहार होस्, र सम्पूर्ण वस्तुहरूबारे आवश्यक निर्देशन होस् र जसमा सही मार्गको सूचना र दयालुताको वर्णन गरिएको होस्, जसको कारण उनका अनुयायीहरूले आफ्नो पालनकर्तासंगको साक्षात्कारमा विश्वास गरुन् ।
155وَهَٰذَا كِتَابٌ أَنزَلْنَاهُ مُبَارَكٌ فَاتَّبِعُوهُ وَاتَّقُوا لَعَلَّكُمْ تُرْحَمُونَ
र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको रूपमा तसर्थ यसको अनुशरण गर र डर मान जसबाट तिमीमाथि दया गरियोस् ।
156أَن تَقُولُوا إِنَّمَا أُنزِلَ الْكِتَابُ عَلَىٰ طَائِفَتَيْنِ مِن قَبْلِنَا وَإِن كُنَّا عَن دِرَاسَتِهِمْ لَغَافِلِينَ
तिमीले यसो नभनः कि हामीभन्दा पहिला दुईवटा समूहलाई मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौं ।
157أَوْ تَقُولُوا لَوْ أَنَّا أُنزِلَ عَلَيْنَا الْكِتَابُ لَكُنَّا أَهْدَىٰ مِنْهُمْ ۚ فَقَدْ جَاءَكُم بَيِّنَةٌ مِّن رَّبِّكُمْ وَهُدًى وَرَحْمَةٌ ۚ فَمَنْ أَظْلَمُ مِمَّن كَذَّبَ بِآيَاتِ اللَّهِ وَصَدَفَ عَنْهَا ۗ سَنَجْزِي الَّذِينَ يَصْدِفُونَ عَنْ آيَاتِنَا سُوءَ الْعَذَابِ بِمَا كَانُوا يَصْدِفُونَ
वा यो नभन कि यदि हामीमाथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौं । तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट, मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ । अब त्योभन्दा ठूलो अत्याचारी को होला, जसले अल्लाहको आयतहरूलाई गलत भन्दछ र त्यसबाट अरुलाई विमुख गर्दछ । जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् (त्यस विमुखताको कारण) छिटै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिने नै छौं ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
155आयत

अनुवाद — अल-अनआम 155

सूरा अल-अनआम आयत 155 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको…

सूरा आयत 155/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 153–157. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers