अल-मुम्तहिना · 9/13
अनुवाद उच्चारण — अल-मुम्तहिना
إِنَّمَا يَنْهَاكُمُ اللَّهُ عَنِ الَّذِينَ قَاتَلُوكُمْ فِي الدِّينِ وَأَخْرَجُوكُم مِّن دِيَارِكُمْ وَظَاهَرُوا عَلَىٰ إِخْرَاجِكُمْ أَن تَوَلَّوْهُمْ ۚ وَمَن يَتَوَلَّهُمْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ ۝٩
Innamaa yanhaakumul laahu `anil lazeena qaatalookum fid deeni wa akhrajookum min diyaarikum wa zaaharoo `alaa ikhraajikum an tawallawhum; wa many yatawallahum faulaaa`ika humuz zaalimoon
📖 नेपाली अर्थ
अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-मुम्तहिना

7۞ عَسَى اللَّهُ أَن يَجْعَلَ بَيْنَكُمْ وَبَيْنَ الَّذِينَ عَادَيْتُم مِّنْهُم مَّوَدَّةً ۚ وَاللَّهُ قَدِيرٌ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ
हुनसक्छ कि अल्लाहले चाँडै तिमी र तिम्रा शत्रुहरूबीच, मित्रताको सृजना गरिदिओस् । अल्लाह बडो सामथ्र्यवान छ र अल्लाह अतयन्त क्षमाशील दयावान छ ।
8لَّا يَنْهَاكُمُ اللَّهُ عَنِ الَّذِينَ لَمْ يُقَاتِلُوكُمْ فِي الدِّينِ وَلَمْ يُخْرِجُوكُم مِّن دِيَارِكُمْ أَن تَبَرُّوهُمْ وَتُقْسِطُوا إِلَيْهِمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ
जुन मानिसहरूले तिमीसित धर्मको बारेमा युद्ध गरेनन् र न तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे, उनीहरूसँग राम्रो र न्यायपूर्ण व्यवहार गर्नुबाट अल्लाहले तिमीलाई मनाहि गर्दैन । अपितु अल्लाहले त न्याय गर्नेहरूसँग प्रेम गर्दछ ।
9إِنَّمَا يَنْهَاكُمُ اللَّهُ عَنِ الَّذِينَ قَاتَلُوكُمْ فِي الدِّينِ وَأَخْرَجُوكُم مِّن دِيَارِكُمْ وَظَاهَرُوا عَلَىٰ إِخْرَاجِكُمْ أَن تَوَلَّوْهُمْ ۚ وَمَن يَتَوَلَّهُمْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ
अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।
10يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا جَاءَكُمُ الْمُؤْمِنَاتُ مُهَاجِرَاتٍ فَامْتَحِنُوهُنَّ ۖ اللَّهُ أَعْلَمُ بِإِيمَانِهِنَّ ۖ فَإِنْ عَلِمْتُمُوهُنَّ مُؤْمِنَاتٍ فَلَا تَرْجِعُوهُنَّ إِلَى الْكُفَّارِ ۖ لَا هُنَّ حِلٌّ لَّهُمْ وَلَا هُمْ يَحِلُّونَ لَهُنَّ ۖ وَآتُوهُم مَّا أَنفَقُوا ۚ وَلَا جُنَاحَ عَلَيْكُمْ أَن تَنكِحُوهُنَّ إِذَا آتَيْتُمُوهُنَّ أُجُورَهُنَّ ۚ وَلَا تُمْسِكُوا بِعِصَمِ الْكَوَافِرِ وَاسْأَلُوا مَا أَنفَقْتُمْ وَلْيَسْأَلُوا مَا أَنفَقُوا ۚ ذَٰلِكُمْ حُكْمُ اللَّهِ ۖ يَحْكُمُ بَيْنَكُمْ ۚ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।
11وَإِن فَاتَكُمْ شَيْءٌ مِّنْ أَزْوَاجِكُمْ إِلَى الْكُفَّارِ فَعَاقَبْتُمْ فَآتُوا الَّذِينَ ذَهَبَتْ أَزْوَاجُهُم مِّثْلَ مَا أَنفَقُوا ۚ وَاتَّقُوا اللَّهَ الَّذِي أَنتُم بِهِ مُؤْمِنُونَ
र यदि तिम्रो कुनै स्त्री(स्वास्नी) तिम्रो हातबाट फुत्केर काफिरहरूकहाँ गइहाल्छी र तिमीलाई उनीहरूसित बदलाको औसर प्राप्त हुन्छ भने जसका स्त्रीहरू गइहालेका छिन्, उनीहरूलाई त्यति दिइहाल जति उनीहरूले खर्च गरेका थिए, र अल्लाहसित डर जसमाथि तिमी ईमान राख्दछौ ।
अल-मुम्तहिनाकुरान अनुक्रमणिका
13आयत
MedinanRevelation
9आयत

अनुवाद — अल-मुम्तहिना 9

सूरा अल-मुम्तहिना आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले…

सूरा आयत 9/13 — अल-मुम्तहिना الممتحنة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुम्तहिना सुन्नुहोस्, अल-मुम्तहिना अनुवाद, अल-मुम्तहिना mp3, अल-मुम्तहिना pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers