अल-आराफ · 45/206
अनुवाद उच्चारण — अल-आराफ
الَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ اللَّهِ وَيَبْغُونَهَا عِوَجًا وَهُم بِالْآخِرَةِ كَافِرُونَ ۝٤٥
Allazeena yasuddoona `an sabeelil laahi wa yabghoo nahaa `iwajanw wa hum bil Aakhirati kaafiroon
📖 नेपाली अर्थ
जसले अल्लाहको बाटोमा हिंड्नबाट रोक्दथे र त्यसैलाई बाङ्गो बनाउन खोज्दथे र कियामतको दिनलाई अस्वीकार गर्दथे ।
🎧 सुन्नुहोस्

📜 आयत 43-47 — अल-आराफ

43وَنَزَعْنَا مَا فِي صُدُورِهِم مِّنْ غِلٍّ تَجْرِي مِن تَحْتِهِمُ الْأَنْهَارُ ۖ وَقَالُوا الْحَمْدُ لِلَّهِ الَّذِي هَدَانَا لِهَٰذَا وَمَا كُنَّا لِنَهْتَدِيَ لَوْلَا أَنْ هَدَانَا اللَّهُ ۖ لَقَدْ جَاءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ ۖ وَنُودُوا أَن تِلْكُمُ الْجَنَّةُ أُورِثْتُمُوهَا بِمَا كُنتُمْ تَعْمَلُونَ
र एक अर्काको लागि छलकपट जो तिनीहरूका छातिमा थियो हामीले सबै निकालिदिनेछौं । तिनीहरूको (महलहरू) मुनि नहरहरू बगिराखेका हुनेछन् । र उनीहरूले भन्ने छन् ‘‘कि, अल्लाहको हामी धेरै कृतज्ञ छौं जसले हामीलाई यस स्थानसम्म पुर्यायो, र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौं । वास्तवमै हाम्रो पालनकर्ताले पठाएका रसूलले साँचो कुरा लिएर आएका थिए । उनीसित ठूलो आवाजमा भनिनेछ कि, यो जन्नत हो जसको तिमी वारिस बनाइएका छौ । यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ ।’’
44وَنَادَىٰ أَصْحَابُ الْجَنَّةِ أَصْحَابَ النَّارِ أَن قَدْ وَجَدْنَا مَا وَعَدَنَا رَبُّنَا حَقًّا فَهَلْ وَجَدتُّم مَّا وَعَدَ رَبُّكُمْ حَقًّا ۖ قَالُوا نَعَمْ ۚ فَأَذَّنَ مُؤَذِّنٌ بَيْنَهُمْ أَن لَّعْنَةُ اللَّهِ عَلَى الظَّالِمِينَ
र जन्नतवालाहरू (स्वर्गवाला) नर्कमा बस्नेहरूलाई ठूलो स्वरमा भन्ने छन् कि, जुन वाचा हाम्रो पालनकर्ताले हामीसँग गरेको थियो, हामीले त्यसलाई सत्य पाएका छौं । के तिमीले पनि जुन वचन तिम्रो पालनकर्ताले तिमीसँग गरेको थियो त्यसलाई साँचो पायौ ?’’ तिनीहरूले उत्तर दिनेछन् हो, पायौं त्यतिखेर तिनीहरूबीच एउटा पुकार्ने मान्छेले कराएर भन्ने छ कि, अन्यायीहरूमाथि अल्लाहको धिक्कार होस् ।
45الَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ اللَّهِ وَيَبْغُونَهَا عِوَجًا وَهُم بِالْآخِرَةِ كَافِرُونَ
जसले अल्लाहको बाटोमा हिंड्नबाट रोक्दथे र त्यसैलाई बाङ्गो बनाउन खोज्दथे र कियामतको दिनलाई अस्वीकार गर्दथे ।
46وَبَيْنَهُمَا حِجَابٌ ۚ وَعَلَى الْأَعْرَافِ رِجَالٌ يَعْرِفُونَ كُلًّا بِسِيمَاهُمْ ۚ وَنَادَوْا أَصْحَابَ الْجَنَّةِ أَن سَلَامٌ عَلَيْكُمْ ۚ لَمْ يَدْخُلُوهَا وَهُمْ يَطْمَعُونَ
ती दुवै समूहको बीचमा एउटा परदा (आवरण) हुनेछ र आराफमाथि धेरै मानिसहरू हुनेछन् । यिनीहरूले सबैलाई तिनका अनुहारबाट नै चिन्ने छन् र तिनीहरूले जन्नतवालाहरूलाई ठूलो स्वरमा पुकारेर भन्ने छन् कि, ‘‘तिमीमाथि शान्ति होस् ।’’ यी मानिसहरू अझै जन्नतमा प्रवेश पाएका हुँदैनन् तर त्यसको उम्मीदवार हुनेछन् ।
47۞ وَإِذَا صُرِفَتْ أَبْصَارُهُمْ تِلْقَاءَ أَصْحَابِ النَّارِ قَالُوا رَبَّنَا لَا تَجْعَلْنَا مَعَ الْقَوْمِ الظَّالِمِينَ
जब यिनीहरूका आँखा नर्कमा बस्नेहरूतिर पर्नेछ, त भन्ने छन् कि, ‘‘हे पालनकर्ता ! हामीलाई अत्याचारीहरूको साथमा शामिल नगर्नु ।’’
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
45आयत

अनुवाद — अल-आराफ 45

सूरा अल-आराफ आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले अल्लाहको बाटोमा हिंड्नबाट रोक्दथे र त्यसैलाई बाङ्गो बनाउन खोज्दथे…

सूरा आयत 45/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers