अल-अनफाल · 73/75
अनुवाद उच्चारण — अल-अनफाल
وَالَّذِينَ كَفَرُوا بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ ۚ إِلَّا تَفْعَلُوهُ تَكُن فِتْنَةٌ فِي الْأَرْضِ وَفَسَادٌ كَبِيرٌ ۝٧٣
Wallazeena kafaroo ba`duhum awliyaaa`u ba`d; illaa taf`aloohu takun fitnatun fil ardi wa fasaadun kabeer
📖 नेपाली अर्थ
र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो गर्दैनौ भने मुलुकमा उपद्रव र ठूलो फसाद फैलिने छ ।
🎧 सुन्नुहोस्

📜 आयत 71-75 — अल-अनफाल

71وَإِن يُرِيدُوا خِيَانَتَكَ فَقَدْ خَانُوا اللَّهَ مِن قَبْلُ فَأَمْكَنَ مِنْهُمْ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
र यदि उनीहरूले तिमीसंग विश्वासघातको धारणा राख्दछन् भने यिनीहरू त यसभन्दा पहिले अल्लाहकै विश्वासघात गरिसकेकाछन्, अन्ततः तिनीहरूलाई (तिम्रो अधीनमा) पक्राउ गराइदिएको छ । अल्लाह सबै कुरा जान्नेवाला, बडो तत्वदर्शी छ ।
72إِنَّ الَّذِينَ آمَنُوا وَهَاجَرُوا وَجَاهَدُوا بِأَمْوَالِهِمْ وَأَنفُسِهِمْ فِي سَبِيلِ اللَّهِ وَالَّذِينَ آوَوا وَّنَصَرُوا أُولَٰئِكَ بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ ۚ وَالَّذِينَ آمَنُوا وَلَمْ يُهَاجِرُوا مَا لَكُم مِّن وَلَايَتِهِم مِّن شَيْءٍ حَتَّىٰ يُهَاجِرُوا ۚ وَإِنِ اسْتَنصَرُوكُمْ فِي الدِّينِ فَعَلَيْكُمُ النَّصْرُ إِلَّا عَلَىٰ قَوْمٍ بَيْنَكُمْ وَبَيْنَهُم مِّيثَاقٌ ۗ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ
जुन मानिसहरूले ईमान ल्याए र हिजरत(प्रवास) गरे र अल्लाहको मार्गमा आफ्ना जिउ–ज्यान र धन सम्पत्ति लगाएर धर्मयुद्ध गरे र जसले उनीहरूलाई शरण दिए, र सहायता गरे यी सबै परस्परमा एकअर्काका मित्र हुन्, र जसले ईमान त ल्याएछन् तर हिजरत गरेनन्, उनीहरूको तिमीसित मित्रताको कुनै सम्बन्ध छैन, जबसम्म उनीहरू हिजरत गर्दैनन् । किन्तु यदि उनीहरूले धर्मको कुरामा तिमीसित सहायता माँग्छन् भने तिमीलाई अनिवार्य हुन जान्छ कि सहायता गर, मात्र यसबाहेक कि यो सहायता कुनै यस्तो कौमको मुकाबिलामा छ जोसित तिम्रो कुनै सन्धि छ । र तिमी जे–जति गर्छौ, त्यसलाई अल्लाह राम्ररी देख्दछ ।
73وَالَّذِينَ كَفَرُوا بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ ۚ إِلَّا تَفْعَلُوهُ تَكُن فِتْنَةٌ فِي الْأَرْضِ وَفَسَادٌ كَبِيرٌ
र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो गर्दैनौ भने मुलुकमा उपद्रव र ठूलो फसाद फैलिने छ ।
74وَالَّذِينَ آمَنُوا وَهَاجَرُوا وَجَاهَدُوا فِي سَبِيلِ اللَّهِ وَالَّذِينَ آوَوا وَّنَصَرُوا أُولَٰئِكَ هُمُ الْمُؤْمِنُونَ حَقًّا ۚ لَّهُم مَّغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ
र जुन मानिसहरूले ईमान ल्याए र हिजरत गरे र अल्लाहको मार्गमा जेहाद (धर्मयुद्ध) गरे, र जसले शरण दिए र मद्दत पुर्याए, यिनै सच्चा मोमिन् हुन् । उनीहरूका लागि क्षमा र सम्मानित आजीविका छ ।
75وَالَّذِينَ آمَنُوا مِن بَعْدُ وَهَاجَرُوا وَجَاهَدُوا مَعَكُمْ فَأُولَٰئِكَ مِنكُمْ ۚ وَأُولُو الْأَرْحَامِ بَعْضُهُمْ أَوْلَىٰ بِبَعْضٍ فِي كِتَابِ اللَّهِ ۗ إِنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ
र जुन मानिसहरूले, यसपछि ईमान ल्याए र हिजरत गरे र तिम्रो साथमा जिहाद गरे, त यिनीहरू पनि तिमीमध्येका हुन् । परन्तु अल्लाहको हुक्ममा हर नातेदार आपसमा एक अर्काभन्दा नजिक छन् । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
अल-अनफालकुरान अनुक्रमणिका
75आयत
MedinanRevelation
73आयत

अनुवाद — अल-अनफाल 73

सूरा अल-अनफाल आयत 73 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो…

सूरा आयत 73/75 — अल-अनफाल الأنفال (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनफाल सुन्नुहोस्, अल-अनफाल अनुवाद, अल-अनफाल mp3, अल-अनफाल pdf. आयत 71–75. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers