अत-तौबा · 106/129
अनुवाद उच्चारण — अत-तौबा
وَآخَرُونَ مُرْجَوْنَ لِأَمْرِ اللَّهِ إِمَّا يُعَذِّبُهُمْ وَإِمَّا يَتُوبُ عَلَيْهِمْ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ ۝١٠٦
Wa aakharoona murjawna li amril laahi imaa yu`az zibuhum wa immaa yatoobu `alaihim; wallaahu `Aleemun Hakeem
📖 नेपाली अर्थ
र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
🎧 सुन्नुहोस्

📜 आयत 104-108 — अत-तौबा

104أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَأْخُذُ الصَّدَقَاتِ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ
के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।
105وَقُلِ اعْمَلُوا فَسَيَرَى اللَّهُ عَمَلَكُمْ وَرَسُولُهُ وَالْمُؤْمِنُونَ ۖ وَسَتُرَدُّونَ إِلَىٰ عَالِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ
भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमीले दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि उसले जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।
106وَآخَرُونَ مُرْجَوْنَ لِأَمْرِ اللَّهِ إِمَّا يُعَذِّبُهُمْ وَإِمَّا يَتُوبُ عَلَيْهِمْ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
107وَالَّذِينَ اتَّخَذُوا مَسْجِدًا ضِرَارًا وَكُفْرًا وَتَفْرِيقًا بَيْنَ الْمُؤْمِنِينَ وَإِرْصَادًا لِّمَنْ حَارَبَ اللَّهَ وَرَسُولَهُ مِن قَبْلُ ۚ وَلَيَحْلِفُنَّ إِنْ أَرَدْنَا إِلَّا الْحُسْنَىٰ ۖ وَاللَّهُ يَشْهَدُ إِنَّهُمْ لَكَاذِبُونَ
र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र किरिया खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु थियो, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् ।
108لَا تَقُمْ فِيهِ أَبَدًا ۚ لَّمَسْجِدٌ أُسِّسَ عَلَى التَّقْوَىٰ مِنْ أَوَّلِ يَوْمٍ أَحَقُّ أَن تَقُومَ فِيهِ ۚ فِيهِ رِجَالٌ يُحِبُّونَ أَن يَتَطَهَّرُوا ۚ وَاللَّهُ يُحِبُّ الْمُطَّهِّرِينَ
तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई प्रेम गर्दछ ।
अत-तौबाकुरान अनुक्रमणिका
129आयत
MedinanRevelation
106आयत

अनुवाद — अत-तौबा 106

सूरा अत-तौबा आयत 106 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी…

सूरा आयत 106/129 — अत-तौबा التوبة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तौबा सुन्नुहोस्, अत-तौबा अनुवाद, अत-तौबा mp3, अत-तौबा pdf. आयत 104–108. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers