PDF —
19 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-अलक pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-अलक pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-अलक अनुवाद. सूरा अल-अलक (Meccan) 19 आयत.

← अत-तीनसूरा अल-अलक अल-कद्र →


19 आयत · Meccan · नेपाली
bismillah
ﮕﮖﮗﮘﮙﮚ
96:1 आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
ﮛﮜﮝﮞﮟ
96:2 जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
ﮠﮡﮢﮣ
96:3 तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
ﮤﮥﮦﮧ
96:4 जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
ﮨﮩﮪﮫﮬﮭ
96:5 जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
ﮮﮯﮰﮱﯓ
96:6 तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
ﯔﯕﯖﯗ
96:7 यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
ﯘﯙﯚﯛﯜ
96:8 यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
ﯝﯞﯟﯠ
96:9 के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
ﯡﯢﯣﯤ
96:10 (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
ﯥﯦﯧﯨﯩﯪ
96:11 तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
ﯫﯬﯭﯮ
96:12 वा संयमित रहनुको आदेश दिन्छ भने ।
ﭑﭒﭓﭔﭕ
96:13 अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
ﭖﭗﭘﭙﭚﭛ
96:14 त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
ﭜﭝﭞﭟﭠﭡﭢ
96:15 निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
ﭣﭤﭥﭦ
96:16 यस्तो टाउको जो झूठो अपराधी छ ।
ﭧﭨﭩ
96:17 यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
ﭪﭫﭬ
96:18 हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
ﭭﭮﭯﭰﭱﭲﭳ
96:19 खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers