अल-बकरा · 192/286
अनुवाद उच्चारण — अल-बकरा
فَإِنِ انتَهَوْا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝١٩٢
Fa ini-ntahaw fa innal laaha Ghafoorur Raheem
📖 नेपाली अर्थ
परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान् छ ।
🎧 सुन्नुहोस्

📜 आयत 190-194 — अल-बकरा

190وَقَاتِلُوا فِي سَبِيلِ اللَّهِ الَّذِينَ يُقَاتِلُونَكُمْ وَلَا تَعْتَدُوا ۚ إِنَّ اللَّهَ لَا يُحِبُّ الْمُعْتَدِينَ
तिमीहरूमध्ये जो मानिसहरू तिमीसँग लडाई गर्न खोज्छन्, तिनीहरूसँग तिमी पनि अल्लाहको मार्गमा संघर्ष गर, तर सीमा ननाँघ्नु, किन भने सीमा अतिक्रमण गर्नेहरू अल्लाहलाई रुचाउँदैनन् ।
191وَاقْتُلُوهُمْ حَيْثُ ثَقِفْتُمُوهُمْ وَأَخْرِجُوهُم مِّنْ حَيْثُ أَخْرَجُوكُمْ ۚ وَالْفِتْنَةُ أَشَدُّ مِنَ الْقَتْلِ ۚ وَلَا تُقَاتِلُوهُمْ عِندَ الْمَسْجِدِ الْحَرَامِ حَتَّىٰ يُقَاتِلُوكُمْ فِيهِ ۖ فَإِن قَاتَلُوكُمْ فَاقْتُلُوهُمْ ۗ كَذَٰلِكَ جَزَاءُ الْكَافِرِينَ
तिनीहरू जहाँ फेला पर्छन् त्यहीं मार र जहाँबाट तिनीहरूले तिमीहरूलाई निष्कासित गरेका छन् । त्यहाँबाट तिमीहरूले पनि तिनीहरूलाई निकाली हाल (र सुन) दंगा मच्चाउनु, रक्तपातभन्दा पनि गम्भीर हुन्छ र जबसम्म तिनीहरूले तिमीहरूसित मस्जिदे हराम (खानए कअ्बा) को नजिकमा आई संघर्ष गर्दैनन् तबसम्म तिमीहरूले पनि त्यहाँ तिनीहरूसँग संघर्ष नगर, तर हो ! यदि तिनीहरूले तिमीहरूसित युद्ध गर्दछन् तब तिमीहरूले पनि तिनीहरूसंग युद्ध गर । अनास्थावानहरूका लागि बदला यही हो ।
192فَإِنِ انتَهَوْا فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान् छ ।
193وَقَاتِلُوهُمْ حَتَّىٰ لَا تَكُونَ فِتْنَةٌ وَيَكُونَ الدِّينُ لِلَّهِ ۖ فَإِنِ انتَهَوْا فَلَا عُدْوَانَ إِلَّا عَلَى الظَّالِمِينَ
तिनीहरूसँग त्यस बेलासम्म संघर्ष गर्दै गर्नु जबसम्म कि उपद्रव समाप्त हुँदैन । र धर्म अल्लाहको निम्ति (प्रतिष्ठित) नभई जाओस् । र यदि तिनीहरू संघर्षको परित्याग गर्दछन् (भने तिमी पनि परित्याग गरिहाल), किनकि अत्याचारी बाहेक अरु कसैमाथि अत्याचार गर्नु हुँदैन ।
194الشَّهْرُ الْحَرَامُ بِالشَّهْرِ الْحَرَامِ وَالْحُرُمَاتُ قِصَاصٌ ۚ فَمَنِ اعْتَدَىٰ عَلَيْكُمْ فَاعْتَدُوا عَلَيْهِ بِمِثْلِ مَا اعْتَدَىٰ عَلَيْكُمْ ۚ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ
सम्मानको (हरामको) महीना सम्मानित महीनाको साटो छ र सम्मानका कुराहरू एक अर्काको बदला सरह हुन् तसर्थ यदि कसैले तिमीमाथि अतिक्रमण गर्छ भने जुन किसिमको अतिक्रमण त्यसले गर्दछ, त्यस्तै तिमीले त्यसमाथि गर र अल्लाहसित डर, यादराख कि अल्लाह डर मान्नेहरूको साथमा छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
192आयत

अनुवाद — अल-बकरा 192

सूरा अल-बकरा आयत 192 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान…

सूरा आयत 192/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 190–194. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers