अज-जुमर · 67/75
अनुवाद उच्चारण — अज-जुमर
وَمَا قَدَرُوا اللَّهَ حَقَّ قَدْرِهِ وَالْأَرْضُ جَمِيعًا قَبْضَتُهُ يَوْمَ الْقِيَامَةِ وَالسَّمَاوَاتُ مَطْوِيَّاتٌ بِيَمِينِهِ ۚ سُبْحَانَهُ وَتَعَالَىٰ عَمَّا يُشْرِكُونَ ۝٦٧
Wa maa qadarul laaha haqqa qadrihee wal ardu jamee `an qabdatuhoo Yawmal Qiyaamit wassamaawaatu matwiyyaatum biyameenih; Subhaanahoo wa Ta`aalaa `amma yushrikoon
📖 नेपाली अर्थ
र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि कियामतको दिन सम्पूर्ण धरती उसको मुठ्ठीमा हुनेछ र आकाशहरू उसको दाहिने हातमा बेरिएका हुनेछन्, ऊ महान् र उच्च छ त्यस्तो प्रत्येक कुराभन्दा जसलाई उनीहरूले उसको साझेदार ठहराउँछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 65-69 — अज-जुमर

65وَلَقَدْ أُوحِيَ إِلَيْكَ وَإِلَى الَّذِينَ مِن قَبْلِكَ لَئِنْ أَشْرَكْتَ لَيَحْبَطَنَّ عَمَلُكَ وَلَتَكُونَنَّ مِنَ الْخَاسِرِينَ
(र हे मुहम्मद !) निश्चितरूपले तपार्इंमाथि र तपार्इंभन्दा पहिला गुज्रिसकेका (नबीहरू) माथि वह्य पठाइएको थियो कि ‘‘यदि तिमीले शिर्क गर्यौ भने तिमीले गरेका सबैकुरा अनिवार्यरूपले व्यर्थ भइहाल्नेछन् र तिमी अवश्य नै घाटामा पर्नेवालाहरूमध्येका हुनेछौ ।’’
66بَلِ اللَّهَ فَاعْبُدْ وَكُن مِّنَ الشَّاكِرِينَ
(होइन) बरु तिमी अल्लाहकै उपासना गर र कृतज्ञता प्रकट गर्नेवालाहरूमध्येको भइहाल ।
67وَمَا قَدَرُوا اللَّهَ حَقَّ قَدْرِهِ وَالْأَرْضُ جَمِيعًا قَبْضَتُهُ يَوْمَ الْقِيَامَةِ وَالسَّمَاوَاتُ مَطْوِيَّاتٌ بِيَمِينِهِ ۚ سُبْحَانَهُ وَتَعَالَىٰ عَمَّا يُشْرِكُونَ
र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि कियामतको दिन सम्पूर्ण धरती उसको मुठ्ठीमा हुनेछ र आकाशहरू उसको दाहिने हातमा बेरिएका हुनेछन्, ऊ महान् र उच्च छ त्यस्तो प्रत्येक कुराभन्दा जसलाई उनीहरूले उसको साझेदार ठहराउँछन् ।
68وَنُفِخَ فِي الصُّورِ فَصَعِقَ مَن فِي السَّمَاوَاتِ وَمَن فِي الْأَرْضِ إِلَّا مَن شَاءَ اللَّهُ ۖ ثُمَّ نُفِخَ فِيهِ أُخْرَىٰ فَإِذَا هُمْ قِيَامٌ يَنظُرُونَ
र जब सूर फूँकिनेछ तब, जो आकाशमा छन् र जो धरतीमा छन्, सबै मूर्छित भई ढल्नेछन् (तर) जसलाई अल्लाहले चाहन्छ, फेरि दोस्रो पटक सूर फूँकिनेछ, तब तुरुन्तै सबै उभेर हेर्न थाल्नेछन् ।
69وَأَشْرَقَتِ الْأَرْضُ بِنُورِ رَبِّهَا وَوُضِعَ الْكِتَابُ وَجِيءَ بِالنَّبِيِّينَ وَالشُّهَدَاءِ وَقُضِيَ بَيْنَهُم بِالْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ
र धरती आफ्नो पालनकर्ताको प्रकाशले जगमग हुनेछ र कर्मको खाता खोलेर राखिदिइनेछ, पैगम्बर र (अन्य) साक्षीहरू उपस्थित गराइनेछन् र उनीहरूमा इन्साफको साथ निर्णय गरिनेछ र कसैमाथि अन्याय गरिने छैन ।
अज-जुमरकुरान अनुक्रमणिका
75आयत
MeccanRevelation
67आयत

अनुवाद — अज-जुमर 67

सूरा अज-जुमर आयत 67 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि…

सूरा आयत 67/75 — अज-जुमर الزمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुमर सुन्नुहोस्, अज-जुमर अनुवाद, अज-जुमर mp3, अज-जुमर pdf. आयत 65–69. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers