अल-अहकाफ · 19/35
अनुवाद उच्चारण — अल-अहकाफ
وَلِكُلٍّ دَرَجَاتٌ مِّمَّا عَمِلُوا ۖ وَلِيُوَفِّيَهُمْ أَعْمَالَهُمْ وَهُمْ لَا يُظْلَمُونَ ۝١٩
Wa likullin darajaatum mimmaa `amiloo wa liyuwaf fiyahum a`maalahum wa hum laa yuzlamoon
📖 नेपाली अर्थ
र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — अल-अहकाफ

17وَالَّذِي قَالَ لِوَالِدَيْهِ أُفٍّ لَّكُمَا أَتَعِدَانِنِي أَنْ أُخْرَجَ وَقَدْ خَلَتِ الْقُرُونُ مِن قَبْلِي وَهُمَا يَسْتَغِيثَانِ اللَّهَ وَيْلَكَ آمِنْ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ فَيَقُولُ مَا هَٰذَا إِلَّا أَسَاطِيرُ الْأَوَّلِينَ
र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।
18أُولَٰئِكَ الَّذِينَ حَقَّ عَلَيْهِمُ الْقَوْلُ فِي أُمَمٍ قَدْ خَلَتْ مِن قَبْلِهِم مِّنَ الْجِنِّ وَالْإِنسِ ۖ إِنَّهُمْ كَانُوا خَاسِرِينَ
तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।
19وَلِكُلٍّ دَرَجَاتٌ مِّمَّا عَمِلُوا ۖ وَلِيُوَفِّيَهُمْ أَعْمَالَهُمْ وَهُمْ لَا يُظْلَمُونَ
र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।
20وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ أَذْهَبْتُمْ طَيِّبَاتِكُمْ فِي حَيَاتِكُمُ الدُّنْيَا وَاسْتَمْتَعْتُم بِهَا فَالْيَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُونِ بِمَا كُنتُمْ تَسْتَكْبِرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ وَبِمَا كُنتُمْ تَفْسُقُونَ
र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।
21۞ وَاذْكُرْ أَخَا عَادٍ إِذْ أَنذَرَ قَوْمَهُ بِالْأَحْقَافِ وَقَدْ خَلَتِ النُّذُرُ مِن بَيْنِ يَدَيْهِ وَمِنْ خَلْفِهِ أَلَّا تَعْبُدُوا إِلَّا اللَّهَ إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ
र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’
अल-अहकाफकुरान अनुक्रमणिका
35आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-अहकाफ 19

सूरा अल-अहकाफ आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान…

सूरा आयत 19/35 — अल-अहकाफ الأحقاف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अहकाफ सुन्नुहोस्, अल-अहकाफ अनुवाद, अल-अहकाफ mp3, अल-अहकाफ pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers