अल-अनआम · 107/165
अनुवाद उच्चारण — अल-अनआम
وَلَوْ شَاءَ اللَّهُ مَا أَشْرَكُوا ۗ وَمَا جَعَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ وَمَا أَنتَ عَلَيْهِم بِوَكِيلٍ ۝١٠٧
Wa law shaaa`al laahu maaa ashrakoo; wa maa ja`alnaaka `alaihim hafeezanw wa maaa anta `alaihim biwakeel
📖 नेपाली अर्थ
र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।
🎧 सुन्नुहोस्

📜 आयत 105-109 — अल-अनआम

105وَكَذَٰلِكَ نُصَرِّفُ الْآيَاتِ وَلِيَقُولُوا دَرَسْتَ وَلِنُبَيِّنَهُ لِقَوْمٍ يَعْلَمُونَ
र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु भएको हो र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौ ।
106اتَّبِعْ مَا أُوحِيَ إِلَيْكَ مِن رَّبِّكَ ۖ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ
जुन आदेश तपाईको पालनकर्ताबाट तपाईलाई आउँछ, त्यसको पालना गर्नेगर र पालनकर्ता (अल्लाह) बाहेक अरु कोही सत्य पूजनीय छैन र मुश्रिकहरूबाट पन्छिने गर्नु ।
107وَلَوْ شَاءَ اللَّهُ مَا أَشْرَكُوا ۗ وَمَا جَعَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ وَمَا أَنتَ عَلَيْهِم بِوَكِيلٍ
र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।
108وَلَا تَسُبُّوا الَّذِينَ يَدْعُونَ مِن دُونِ اللَّهِ فَيَسُبُّوا اللَّهَ عَدْوًا بِغَيْرِ عِلْمٍ ۗ كَذَٰلِكَ زَيَّنَّا لِكُلِّ أُمَّةٍ عَمَلَهُمْ ثُمَّ إِلَىٰ رَبِّهِم مَّرْجِعُهُمْ فَيُنَبِّئُهُم بِمَا كَانُوا يَعْمَلُونَ
र जसलाई यी मुश्रिकहरू अल्लाह बाहेक गुहार्छन् तिनीहरूलाई गाली नगर्नु किन भने त्यसो गरेमा यिनीहरू अज्ञानतामा अल्लाहलाई नराम्रो भन्ने छन् । यस प्रकार हामीले हरेक समूहका क्रियाकलापहरूलाई आकर्षक बनाएर देखाएका छौं । पछि तिनीहरूले आफ्नो पालनकर्ताछेउ फर्केर जानु छ । अनि उसले तिनीहरूलाई बताउने छ जे तिनीहरूले गर्ने गर्दथे ।
109وَأَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لَئِن جَاءَتْهُمْ آيَةٌ لَّيُؤْمِنُنَّ بِهَا ۚ قُلْ إِنَّمَا الْآيَاتُ عِندَ اللَّهِ ۖ وَمَا يُشْعِرُكُمْ أَنَّهَا إِذَا جَاءَتْ لَا يُؤْمِنُونَ
र यिनीहरूले जोड दिएर अल्लाहको कसम खाँदछन् कि यदि तिनीहरूको पासमा कुनै निशानी आएको भए, त त्यसलाई अवश्य नै विश्वास गर्ने थिए । तपाई भनिदिनुस् कि निशानीहरू त सबै अल्लाहकै नियन्त्रणमा छन् र तिमीलाई के थाहा छ ? निशानीहरू जब आउनेछन् तब पनि यिनीहरूले ईमान ल्याउने छैनन् ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
107आयत

अनुवाद — अल-अनआम 107

सूरा अल-अनआम आयत 107 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र…

सूरा आयत 107/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 105–109. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers