अल-अहजाब · 7/73
अनुवाद उच्चारण — अल-अहजाब
وَإِذْ أَخَذْنَا مِنَ النَّبِيِّينَ مِيثَاقَهُمْ وَمِنكَ وَمِن نُّوحٍ وَإِبْرَاهِيمَ وَمُوسَىٰ وَعِيسَى ابْنِ مَرْيَمَ ۖ وَأَخَذْنَا مِنْهُم مِّيثَاقًا غَلِيظًا ۝٧
Wa iz akhaznaa minan Nabiyyeena meesaaqahum wa minka wa min Noohinw wa Ibraaheema wa Moosaa wa Eesab-ni-Maryama wa akhaznaa minhum meesaaqan ghaleezaa
📖 नेपाली अर्थ
(र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-अहजाब

5ادْعُوهُمْ لِآبَائِهِمْ هُوَ أَقْسَطُ عِندَ اللَّهِ ۚ فَإِن لَّمْ تَعْلَمُوا آبَاءَهُمْ فَإِخْوَانُكُمْ فِي الدِّينِ وَمَوَالِيكُمْ ۚ وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَا أَخْطَأْتُم بِهِ وَلَٰكِن مَّا تَعَمَّدَتْ قُلُوبُكُمْ ۚ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا
उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
6النَّبِيُّ أَوْلَىٰ بِالْمُؤْمِنِينَ مِنْ أَنفُسِهِمْ ۖ وَأَزْوَاجُهُ أُمَّهَاتُهُمْ ۗ وَأُولُو الْأَرْحَامِ بَعْضُهُمْ أَوْلَىٰ بِبَعْضٍ فِي كِتَابِ اللَّهِ مِنَ الْمُؤْمِنِينَ وَالْمُهَاجِرِينَ إِلَّا أَن تَفْعَلُوا إِلَىٰ أَوْلِيَائِكُم مَّعْرُوفًا ۚ كَانَ ذَٰلِكَ فِي الْكِتَابِ مَسْطُورًا
नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
7وَإِذْ أَخَذْنَا مِنَ النَّبِيِّينَ مِيثَاقَهُمْ وَمِنكَ وَمِن نُّوحٍ وَإِبْرَاهِيمَ وَمُوسَىٰ وَعِيسَى ابْنِ مَرْيَمَ ۖ وَأَخَذْنَا مِنْهُم مِّيثَاقًا غَلِيظًا
(र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
8لِّيَسْأَلَ الصَّادِقِينَ عَن صِدْقِهِمْ ۚ وَأَعَدَّ لِلْكَافِرِينَ عَذَابًا أَلِيمًا
ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।
9يَا أَيُّهَا الَّذِينَ آمَنُوا اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ جَاءَتْكُمْ جُنُودٌ فَأَرْسَلْنَا عَلَيْهِمْ رِيحًا وَجُنُودًا لَّمْ تَرَوْهَا ۚ وَكَانَ اللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرًا
हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।
अल-अहजाबकुरान अनुक्रमणिका
73आयत
MedinanRevelation
7आयत

अनुवाद — अल-अहजाब 7

सूरा अल-अहजाब आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित…

सूरा आयत 7/73 — अल-अहजाब الأحزاب (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अहजाब सुन्नुहोस्, अल-अहजाब अनुवाद, अल-अहजाब mp3, अल-अहजाब pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers