अल-माइदा · 61/120
अनुवाद उच्चारण — अल-माइदा
وَإِذَا جَاءُوكُمْ قَالُوا آمَنَّا وَقَد دَّخَلُوا بِالْكُفْرِ وَهُمْ قَدْ خَرَجُوا بِهِ ۚ وَاللَّهُ أَعْلَمُ بِمَا كَانُوا يَكْتُمُونَ ۝٦١
Wa izaa jaaa`ookum qaalooo aamannaa wa qad dakhaloo bilkufri wa hum qad kharajoo bih; wallaahu a`lamu bimaa kaanoo yaktumoon
📖 नेपाली अर्थ
र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले ईमान ल्यायौं तर वास्तवमा नास्तिकताका साथ आउँछन् र त्यही नै लिएर फर्कन्छन्, तर तिनीहरूले जुन कुरा लुकाउँछन् त्यो सबै अल्लाहलाई राम्ररी थाहा छ ।
🎧 सुन्नुहोस्

📜 आयत 59-63 — अल-माइदा

59قُلْ يَا أَهْلَ الْكِتَابِ هَلْ تَنقِمُونَ مِنَّا إِلَّا أَنْ آمَنَّا بِاللَّهِ وَمَا أُنزِلَ إِلَيْنَا وَمَا أُنزِلَ مِن قَبْلُ وَأَنَّ أَكْثَرَكُمْ فَاسِقُونَ
तपार्इंले भनिदिनुस् कि हे यहूदी र ईसाईहरू ! के तिमीहरूले हामीसित यसकारण शत्रुता गरिरहेका छौ कि हामीले अल्लाहमाथि र जुन (किताब) हामीलाई प्रदान गरिएको छ र जुन (किताब) अघि प्रदान गरियो, त्यसमाथि आस्था राख्दछौं ? र यस कारण कि तिमीहरूमध्ये धेरै जसो उद्दण्ड र उल्लंघनकारी छन् ।
60قُلْ هَلْ أُنَبِّئُكُم بِشَرٍّ مِّن ذَٰلِكَ مَثُوبَةً عِندَ اللَّهِ ۚ مَن لَّعَنَهُ اللَّهُ وَغَضِبَ عَلَيْهِ وَجَعَلَ مِنْهُمُ الْقِرَدَةَ وَالْخَنَازِيرَ وَعَبَدَ الطَّاغُوتَ ۚ أُولَٰئِكَ شَرٌّ مَّكَانًا وَأَضَلُّ عَن سَوَاءِ السَّبِيلِ
भन्नुस् कि के म तिमीलाई बताउँ कि अल्लाहकहाँ यिनीहरूभन्दा पनि नराम्रो सजाय पाउने को हुन् ? ती जसलाई अल्लाहले तिरस्कृत गर्यो र जसमाथि क्रोधित भयो र तिनीहरूमध्ये जसलाई बाँदर र सुँगुर बनाइहाल्यो र जसले शैतानको पूजा गरे । त्यस्ताहरूको लागि एकदमै नराम्रो ठाउँ हुनेछ र यिनीहरूनै सही बाटोबाट धेरै विचलित हुनेहरू हुन् ।
61وَإِذَا جَاءُوكُمْ قَالُوا آمَنَّا وَقَد دَّخَلُوا بِالْكُفْرِ وَهُمْ قَدْ خَرَجُوا بِهِ ۚ وَاللَّهُ أَعْلَمُ بِمَا كَانُوا يَكْتُمُونَ
र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले ईमान ल्यायौं तर वास्तवमा नास्तिकताका साथ आउँछन् र त्यही नै लिएर फर्कन्छन्, तर तिनीहरूले जुन कुरा लुकाउँछन् त्यो सबै अल्लाहलाई राम्ररी थाहा छ ।
62وَتَرَىٰ كَثِيرًا مِّنْهُمْ يُسَارِعُونَ فِي الْإِثْمِ وَالْعُدْوَانِ وَأَكْلِهِمُ السُّحْتَ ۚ لَبِئْسَ مَا كَانُوا يَعْمَلُونَ
तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य कुरा (हराम) खानुमा हतार गरिराखेका छन् । निःसन्देह यिनीहरूले जे गरिरहेछन् त्यो अत्यन्त नराम्रो काम हो ।
63لَوْلَا يَنْهَاهُمُ الرَّبَّانِيُّونَ وَالْأَحْبَارُ عَن قَوْلِهِمُ الْإِثْمَ وَأَكْلِهِمُ السُّحْتَ ۚ لَبِئْسَ مَا كَانُوا يَصْنَعُونَ
तिनीहरूका सन्तहरू र धर्मगुरुहरूले तिनीहरूलाई झूठ कुरा गर्न र हराम खानाबाट किन मनाही गरिराखेका छैनन् ? तिनीहरूले जे गरिराखेका छन् त्यो निःसन्देह नराम्रो काम हो ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
61आयत

अनुवाद — अल-माइदा 61

सूरा अल-माइदा आयत 61 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले…

सूरा आयत 61/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 59–63. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers