अल-माइदा · 62/120
अनुवाद उच्चारण — अल-माइदा
وَتَرَىٰ كَثِيرًا مِّنْهُمْ يُسَارِعُونَ فِي الْإِثْمِ وَالْعُدْوَانِ وَأَكْلِهِمُ السُّحْتَ ۚ لَبِئْسَ مَا كَانُوا يَعْمَلُونَ ۝٦٢
Wa taraa kaseeram minhum yusaari`oona fil ismi wal`udwaani wa aklihimus suht; labi`sa maa kaanoo ya`maloon
📖 नेपाली अर्थ
तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य कुरा (हराम) खानुमा हतार गरिराखेका छन् । निःसन्देह यिनीहरूले जे गरिरहेछन् त्यो अत्यन्त नराम्रो काम हो ।
🎧 सुन्नुहोस्

📜 आयत 60-64 — अल-माइदा

60قُلْ هَلْ أُنَبِّئُكُم بِشَرٍّ مِّن ذَٰلِكَ مَثُوبَةً عِندَ اللَّهِ ۚ مَن لَّعَنَهُ اللَّهُ وَغَضِبَ عَلَيْهِ وَجَعَلَ مِنْهُمُ الْقِرَدَةَ وَالْخَنَازِيرَ وَعَبَدَ الطَّاغُوتَ ۚ أُولَٰئِكَ شَرٌّ مَّكَانًا وَأَضَلُّ عَن سَوَاءِ السَّبِيلِ
भन्नुस् कि के म तिमीलाई बताउँ कि अल्लाहकहाँ यिनीहरूभन्दा पनि नराम्रो सजाय पाउने को हुन् ? ती जसलाई अल्लाहले तिरस्कृत गर्यो र जसमाथि क्रोधित भयो र तिनीहरूमध्ये जसलाई बाँदर र सुँगुर बनाइहाल्यो र जसले शैतानको पूजा गरे । त्यस्ताहरूको लागि एकदमै नराम्रो ठाउँ हुनेछ र यिनीहरूनै सही बाटोबाट धेरै विचलित हुनेहरू हुन् ।
61وَإِذَا جَاءُوكُمْ قَالُوا آمَنَّا وَقَد دَّخَلُوا بِالْكُفْرِ وَهُمْ قَدْ خَرَجُوا بِهِ ۚ وَاللَّهُ أَعْلَمُ بِمَا كَانُوا يَكْتُمُونَ
र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले ईमान ल्यायौं तर वास्तवमा नास्तिकताका साथ आउँछन् र त्यही नै लिएर फर्कन्छन्, तर तिनीहरूले जुन कुरा लुकाउँछन् त्यो सबै अल्लाहलाई राम्ररी थाहा छ ।
62وَتَرَىٰ كَثِيرًا مِّنْهُمْ يُسَارِعُونَ فِي الْإِثْمِ وَالْعُدْوَانِ وَأَكْلِهِمُ السُّحْتَ ۚ لَبِئْسَ مَا كَانُوا يَعْمَلُونَ
तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य कुरा (हराम) खानुमा हतार गरिराखेका छन् । निःसन्देह यिनीहरूले जे गरिरहेछन् त्यो अत्यन्त नराम्रो काम हो ।
63لَوْلَا يَنْهَاهُمُ الرَّبَّانِيُّونَ وَالْأَحْبَارُ عَن قَوْلِهِمُ الْإِثْمَ وَأَكْلِهِمُ السُّحْتَ ۚ لَبِئْسَ مَا كَانُوا يَصْنَعُونَ
तिनीहरूका सन्तहरू र धर्मगुरुहरूले तिनीहरूलाई झूठ कुरा गर्न र हराम खानाबाट किन मनाही गरिराखेका छैनन् ? तिनीहरूले जे गरिराखेका छन् त्यो निःसन्देह नराम्रो काम हो ।
64وَقَالَتِ الْيَهُودُ يَدُ اللَّهِ مَغْلُولَةٌ ۚ غُلَّتْ أَيْدِيهِمْ وَلُعِنُوا بِمَا قَالُوا ۘ بَلْ يَدَاهُ مَبْسُوطَتَانِ يُنفِقُ كَيْفَ يَشَاءُ ۚ وَلَيَزِيدَنَّ كَثِيرًا مِّنْهُم مَّا أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ طُغْيَانًا وَكُفْرًا ۚ وَأَلْقَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۚ كُلَّمَا أَوْقَدُوا نَارًا لِّلْحَرْبِ أَطْفَأَهَا اللَّهُ ۚ وَيَسْعَوْنَ فِي الْأَرْضِ فَسَادًا ۚ وَاللَّهُ لَا يُحِبُّ الْمُفْسِدِينَ
र यहूदीहरूले भने कि अल्लाहका हात बाँधिएको छ, (तर वास्तवमा) तिनीहरूकै हात बाँधिएको छ । र यस भनाईको कारण तिनीहरू तिरस्कृत भए बरु अल्लाहका दुवै हात खुल्ला छन् । जुन किसिमबाट र जति चाहन्छ खर्च गर्दछ । र (हे मुहम्मद !) यो (कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिम्रो लागि उतारिन्छ, यसको सन्दर्भमा तिनीहरूमध्ये धेरैको हठपूर्ण विद्रोह र इन्कारमा बृद्धि हुनेछ र हामीले तिनीहरूको आपसी शत्रुता र छलकपट कियामतको दिनसम्मको लागि राखिदिएका छौं । यिनीहरूले जब युद्धको ज्वाला दन्काउँछन्, तब अल्लाहले त्यसलाई निभाइदिन्छ यिनीहरूले धरतीमा उपद्रव र झगडा गर्न दगुरी रहन्छन् र अल्लाहले उपद्रवीहरूलाई प्रेम गर्दैन ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
62आयत

अनुवाद — अल-माइदा 62

सूरा अल-माइदा आयत 62 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य…

सूरा आयत 62/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 60–64. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers