अल-अनआम · 105/165
अनुवाद उच्चारण — अल-अनआम
وَكَذَٰلِكَ نُصَرِّفُ الْآيَاتِ وَلِيَقُولُوا دَرَسْتَ وَلِنُبَيِّنَهُ لِقَوْمٍ يَعْلَمُونَ ۝١٠٥
Wa kazaalika nusarriful Aayaati wa liyaqooloo darasta wa linubaiyinahoo liqawminy ya`lamoon
📖 नेपाली अर्थ
र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु भएको हो र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौ ।

🎧 सुन्नुहोस्


📜 आयत 103-107 — अल-अनआम

103لَّا تُدْرِكُهُ الْأَبْصَارُ وَهُوَ يُدْرِكُ الْأَبْصَارَ ۖ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ
(त्यो यस्तो छ कि) उसलाई कसैको आँखाहरूले देख्न सक्तैनन् र उसले सबै आँखाहरूलाई देख्न सक्तछ र ऊ रहस्य जान्नेवाला सर्वज्ञ छ ।
104قَدْ جَاءَكُم بَصَائِرُ مِن رَّبِّكُمْ ۖ فَمَنْ أَبْصَرَ فَلِنَفْسِهِ ۖ وَمَنْ عَمِيَ فَعَلَيْهَا ۚ وَمَا أَنَا عَلَيْكُم بِحَفِيظٍ
अब निःसन्देह तिमीछेउ तिम्रो पालनकर्ताबाट सत्यताका प्रमाणहरू पुगिसकेका छन् तसर्थ जसले देख्यो, उसले आफ्नो भलो गरिहाल्यो र जो अन्धो बनिरह्यो त्यसले आफ्नो हकमा नराम्रो गरिहाल्यो र म तिमीहरूको हेर्नको लागि वाध्य छैन ।
105وَكَذَٰلِكَ نُصَرِّفُ الْآيَاتِ وَلِيَقُولُوا دَرَسْتَ وَلِنُبَيِّنَهُ لِقَوْمٍ يَعْلَمُونَ
र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु भएको हो र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौ ।
106اتَّبِعْ مَا أُوحِيَ إِلَيْكَ مِن رَّبِّكَ ۖ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ
जुन आदेश तपाईको पालनकर्ताबाट तपाईलाई आउँछ, त्यसको पालना गर्नेगर र पालनकर्ता (अल्लाह) बाहेक अरु कोही सत्य पूजनीय छैन र मुश्रिकहरूबाट पन्छिने गर्नु ।
107وَلَوْ شَاءَ اللَّهُ مَا أَشْرَكُوا ۗ وَمَا جَعَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ وَمَا أَنتَ عَلَيْهِم بِوَكِيلٍ
र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
105आयत

अनुवाद — अल-अनआम 105

सूरा अल-अनआम आयत 105 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ…

सूरा आयत 105/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 103–107. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers