अल-आराफ · 148/206
अनुवाद उच्चारण — अल-आराफ
وَاتَّخَذَ قَوْمُ مُوسَىٰ مِن بَعْدِهِ مِنْ حُلِيِّهِمْ عِجْلًا جَسَدًا لَّهُ خُوَارٌ ۚ أَلَمْ يَرَوْا أَنَّهُ لَا يُكَلِّمُهُمْ وَلَا يَهْدِيهِمْ سَبِيلًا ۘ اتَّخَذُوهُ وَكَانُوا ظَالِمِينَ ۝١٤٨
Wattakhaza qawmu Moosaa mim ba`dihee min huliyyihim `ijlan jasadal lahoo khuwaar; alam yaraw annahoo laa yukallimuhum wa laa yahdeehim sabeelaa; ittakha zoohu wa kaanoo zaalimeen
📖 नेपाली अर्थ
र मूसाको जातिले उनको अनुपस्थितिमा आफ्ना गहनाहरूको एउटा बाछोलाई पूज्य ठहराए जो एउटा ढाँचामात्र थियो, जसमा एउटा आवाज थियो । के उनीहरूले यो देखेनन् कि त्यसले उनीहरूसित न कुनै कुरा गथ्र्यो र न उनलाई कुनै बाटो देखाउन्थ्यो, त्यसलाई यिनीहरूले पूजनीय ठाने र ठूलो अन्यायको काम गरे ।
🎧 सुन्नुहोस्

📜 आयत 146-150 — अल-आराफ

146سَأَصْرِفُ عَنْ آيَاتِيَ الَّذِينَ يَتَكَبَّرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ وَإِن يَرَوْا كُلَّ آيَةٍ لَّا يُؤْمِنُوا بِهَا وَإِن يَرَوْا سَبِيلَ الرُّشْدِ لَا يَتَّخِذُوهُ سَبِيلًا وَإِن يَرَوْا سَبِيلَ الْغَيِّ يَتَّخِذُوهُ سَبِيلًا ۚ ذَٰلِكَ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ
म यस्ता मानिसहरूलाई आफ्नो निशानीहरूबाट विमुख नै राख्नेछु जो पृथ्वीमा घमण्ड गर्दछन्, जसको तिनलाई कुनै अधिकार छैन र यदि समस्त निशानीहरू देखिहाले तापनि तिनीहरू त्यसमा विश्वास गर्ने छैनन् र यदि सोझो बाटो देख्छन् भने पनि त्यसलाई आफ्नो बाटो मान्ने छैनन् र यदि पथभ्रष्टताको बाटो देख्छन् भने त्यसलाई अपनाउने छन् । यो यसकारणले हो कि उनीहरूले हाम्रा आयतहरूलाई झूठो भने र त्यसप्रति असावधान रहे ।
147وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَلِقَاءِ الْآخِرَةِ حَبِطَتْ أَعْمَالُهُمْ ۚ هَلْ يُجْزَوْنَ إِلَّا مَا كَانُوا يَعْمَلُونَ
र यी मानिसहरू जसले हाम्रा आयतहरूलाई र प्रलोकको आउने कुरालाई झूठा ठाने, उनीहरूको सबै कर्म नष्ट भए, उनीहरूले त्यही सजाय पाउनेछन् जस्तो उनीहरूले गर्दथे ।
148وَاتَّخَذَ قَوْمُ مُوسَىٰ مِن بَعْدِهِ مِنْ حُلِيِّهِمْ عِجْلًا جَسَدًا لَّهُ خُوَارٌ ۚ أَلَمْ يَرَوْا أَنَّهُ لَا يُكَلِّمُهُمْ وَلَا يَهْدِيهِمْ سَبِيلًا ۘ اتَّخَذُوهُ وَكَانُوا ظَالِمِينَ
र मूसाको जातिले उनको अनुपस्थितिमा आफ्ना गहनाहरूको एउटा बाछोलाई पूज्य ठहराए जो एउटा ढाँचामात्र थियो, जसमा एउटा आवाज थियो । के उनीहरूले यो देखेनन् कि त्यसले उनीहरूसित न कुनै कुरा गथ्र्यो र न उनलाई कुनै बाटो देखाउन्थ्यो, त्यसलाई यिनीहरूले पूजनीय ठाने र ठूलो अन्यायको काम गरे ।
149وَلَمَّا سُقِطَ فِي أَيْدِيهِمْ وَرَأَوْا أَنَّهُمْ قَدْ ضَلُّوا قَالُوا لَئِن لَّمْ يَرْحَمْنَا رَبُّنَا وَيَغْفِرْ لَنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ
र जब तिनी लज्जित भए र थाहा भयो कि वास्तवमा उनीहरू मार्गविचलनमा परिहाले छन् तब भन्न थाले कि यदि हाम्रो प्रतिपालकले हामीमाथि दया गरेन र हामीलाई क्षमा गरेन भने हामी बर्बाद भइहाल्नेछौं ।
150وَلَمَّا رَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا قَالَ بِئْسَمَا خَلَفْتُمُونِي مِن بَعْدِي ۖ أَعَجِلْتُمْ أَمْرَ رَبِّكُمْ ۖ وَأَلْقَى الْأَلْوَاحَ وَأَخَذَ بِرَأْسِ أَخِيهِ يَجُرُّهُ إِلَيْهِ ۚ قَالَ ابْنَ أُمَّ إِنَّ الْقَوْمَ اسْتَضْعَفُونِي وَكَادُوا يَقْتُلُونَنِي فَلَا تُشْمِتْ بِيَ الْأَعْدَاءَ وَلَا تَجْعَلْنِي مَعَ الْقَوْمِ الظَّالِمِينَ
र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
148आयत

अनुवाद — अल-आराफ 148

सूरा अल-आराफ आयत 148 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मूसाको जातिले उनको अनुपस्थितिमा आफ्ना गहनाहरूको एउटा बाछोलाई पूज्य…

सूरा आयत 148/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 146–150. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers