अल-आराफ · 177/206
अनुवाद उच्चारण — अल-आराफ
سَاءَ مَثَلًا الْقَوْمُ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَأَنفُسَهُمْ كَانُوا يَظْلِمُونَ ۝١٧٧
Saaa`a masalanil qawmul lazeena kazzaboo bi Aayaatinaa wa anfusahum kaanoo yazlimoon
📖 नेपाली अर्थ
उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो ठान्दछन् र तिनीहरू आफ्नो नोक्सानी नै गर्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 175-179 — अल-आराफ

175وَاتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانسَلَخَ مِنْهَا فَأَتْبَعَهُ الشَّيْطَانُ فَكَانَ مِنَ الْغَاوِينَ
र तिनीहरूलाई त्यस मानिसको खबर सुनाइदिनुस् कि जसलाई हामीले आफ्ना आयत प्रदान गर्यौं तर ऊ त्यसबाट पूर्णतः निष्कासित भइहाल्यो, अनि शैतान उसको पछि लाग्यो । अन्ततः ऊ पथभ्रष्ट भइहाल्यो ।
176وَلَوْ شِئْنَا لَرَفَعْنَاهُ بِهَا وَلَٰكِنَّهُ أَخْلَدَ إِلَى الْأَرْضِ وَاتَّبَعَ هَوَاهُ ۚ فَمَثَلُهُ كَمَثَلِ الْكَلْبِ إِن تَحْمِلْ عَلَيْهِ يَلْهَثْ أَوْ تَتْرُكْهُ يَلْهَث ۚ ذَّٰلِكَ مَثَلُ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ فَاقْصُصِ الْقَصَصَ لَعَلَّهُمْ يَتَفَكَّرُونَ
र यदि हामीले चाहेको भए यी आयातबाट उसलाई उच्च दर्जा प्रदान गथ्र्यौं, तर त्यो त धर्तीतिर प्रवृत्त भयो, र आफ्नो निकृष्ट इच्छाको पछि लाग्यो, तसर्थ उसको उदाहरण कुकुर जस्तो हुन गयो कि यदि तिमीले उसमाथि बोझाहाले पनि त्यसले जिब्रो निकाली हाँप्ने गर्छ वा छाडिदिनुस् तैपनि त्यस्तै गरिरहन्छ । यही उदाहरण ती मानिसहरूको छ, जसले हाम्रा आयतहरूलाई झूठा भने । तसर्थ तपाईले यो वृत्तान्त बर्णन गरिदिनुस् शायद उनीहरूले सोचविचार गर्न सकुन् ।
177سَاءَ مَثَلًا الْقَوْمُ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَأَنفُسَهُمْ كَانُوا يَظْلِمُونَ
उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो ठान्दछन् र तिनीहरू आफ्नो नोक्सानी नै गर्दछन् ।
178مَن يَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِي ۖ وَمَن يُضْلِلْ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ
जसलाई अल्लाहले (असल) मार्ग देखाउँछ, त्यही सोझो मार्ग पाउनेवाला हुन्छ, र जसलाई उसले मार्गबाट बञ्चित गर्दछ, तिनै घाटामा पर्नेवाला हुन्छन् ।
179وَلَقَدْ ذَرَأْنَا لِجَهَنَّمَ كَثِيرًا مِّنَ الْجِنِّ وَالْإِنسِ ۖ لَهُمْ قُلُوبٌ لَّا يَفْقَهُونَ بِهَا وَلَهُمْ أَعْيُنٌ لَّا يُبْصِرُونَ بِهَا وَلَهُمْ آذَانٌ لَّا يَسْمَعُونَ بِهَا ۚ أُولَٰئِكَ كَالْأَنْعَامِ بَلْ هُمْ أَضَلُّ ۚ أُولَٰئِكَ هُمُ الْغَافِلُونَ
र हामीले यस्ता धेरै जिन्न (दानव) र मानिसहरू नर्कको निम्ति सृष्टि गरेका छौं, तिनीहरूको हृदय छन् तर जसबाट बुझ्दैनन्, र तिनीहरूको आँखा छन्, तर त्यसबाट देख्दैनन्, र उनीहरूको कान छन्, जसबाट सुन्दैनन् । यी मानिसहरू पशु समान छन् बरु त्यसभन्दा पनि बढी (पथभ्रष्ट) छन्, यिनीहरू नै अचेत छन् ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
177आयत

अनुवाद — अल-आराफ 177

सूरा अल-आराफ आयत 177 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो…

सूरा आयत 177/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 175–179. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers