आल-इमरान · 105/200
अनुवाद उच्चारण — आल-इमरान
وَلَا تَكُونُوا كَالَّذِينَ تَفَرَّقُوا وَاخْتَلَفُوا مِن بَعْدِ مَا جَاءَهُمُ الْبَيِّنَاتُ ۚ وَأُولَٰئِكَ لَهُمْ عَذَابٌ عَظِيمٌ ۝١٠٥
Wa laa takoonoo kallazeena tafarraqoo wakhtalafoo mim ba`di maa jaaa`ahumul baiyinaat; wa ulaaa`ika lahum `azaabun `azeem
📖 नेपाली अर्थ
तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।
🎧 सुन्नुहोस्

📜 आयत 103-107 — आल-इमरान

103وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا ۚ وَاذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ إِذْ كُنتُمْ أَعْدَاءً فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ فَأَصْبَحْتُم بِنِعْمَتِهِ إِخْوَانًا وَكُنتُمْ عَلَىٰ شَفَا حُفْرَةٍ مِّنَ النَّارِ فَأَنقَذَكُم مِّنْهَا ۗ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَهْتَدُونَ
सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ, र तिमी आगोको खाल्डो छेउ पुगिसकेका थियौ, त अल्लाहले तिमीलाई त्यसबाट बचाइहाल्यो । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना निशानीहरूको वर्णन गर्दछ ताकि तिमी मार्गदर्शन प्राप्त गर्नसक ।
104وَلْتَكُن مِّنكُمْ أُمَّةٌ يَدْعُونَ إِلَى الْخَيْرِ وَيَأْمُرُونَ بِالْمَعْرُوفِ وَيَنْهَوْنَ عَنِ الْمُنكَرِ ۚ وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ
तिमीमध्ये एउटा समूह यस्तो हुनुपर्छ जसले कि मानिसहरूलाई सदाचारतिर आमन्त्रित गरोस् र सत्कर्मको सन्देश देओस् र दुष्कर्मबाट रोकोस् र तिनै मानिसहरूले मुक्ति प्राप्त गर्नेहरू हुन्छन् ।
105وَلَا تَكُونُوا كَالَّذِينَ تَفَرَّقُوا وَاخْتَلَفُوا مِن بَعْدِ مَا جَاءَهُمُ الْبَيِّنَاتُ ۚ وَأُولَٰئِكَ لَهُمْ عَذَابٌ عَظِيمٌ
तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।
106يَوْمَ تَبْيَضُّ وُجُوهٌ وَتَسْوَدُّ وُجُوهٌ ۚ فَأَمَّا الَّذِينَ اسْوَدَّتْ وُجُوهُهُمْ أَكَفَرْتُم بَعْدَ إِيمَانِكُمْ فَذُوقُوا الْعَذَابَ بِمَا كُنتُمْ تَكْفُرُونَ
जुन दिन धेरै अनुहारहरू उज्यालो देखिने छन् र धेरै अनुहारहरू कालो हुनेछन्, त जुन मानिसहरूका अनुहार कालो हुनेछन्, (तिनीहरूसँग अल्लाहले सोध्ने छ) के तिमीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गर्यौ, अब आफ्नो कुफ्रको कारण सजाय भोग ।
107وَأَمَّا الَّذِينَ ابْيَضَّتْ وُجُوهُهُمْ فَفِي رَحْمَةِ اللَّهِ هُمْ فِيهَا خَالِدُونَ
जुन मानिसहरूका अनुहार उज्यालो हुनेछन् तिनीहरू अल्लाहको अनुकम्पाभित्र हुनेछन्, र त्यसैमा सधैं बास गर्नेछन् ।
आल-इमरानकुरान अनुक्रमणिका
200आयत
MedinanRevelation
105आयत

अनुवाद — आल-इमरान 105

सूरा आल-इमरान आयत 105 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू…

सूरा आयत 105/200 — आल-इमरान آل عمران (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: आल-इमरान सुन्नुहोस्, आल-इमरान अनुवाद, आल-इमरान mp3, आल-इमरान pdf. आयत 103–107. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers