आल-इमरान · 158/200
अनुवाद उच्चारण — सूरा आल-इमरान
وَلَئِن مُّتُّمْ أَوْ قُتِلْتُمْ لَإِلَى اللَّهِ تُحْشَرُونَ ۝١٥٨
Wa la`im muttum `aw qutiltumla ilal laahi tuhsharoon
📖 नेपाली अर्थ
निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 156-160 — सूरा आल-इमरान

156يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَكُونُوا كَالَّذِينَ كَفَرُوا وَقَالُوا لِإِخْوَانِهِمْ إِذَا ضَرَبُوا فِي الْأَرْضِ أَوْ كَانُوا غُزًّى لَّوْ كَانُوا عِندَنَا مَا مَاتُوا وَمَا قُتِلُوا لِيَجْعَلَ اللَّهُ ذَٰلِكَ حَسْرَةً فِي قُلُوبِهِمْ ۗ وَاللَّهُ يُحْيِي وَيُمِيتُ ۗ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ
हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो न हुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्न थाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।
157وَلَئِن قُتِلْتُمْ فِي سَبِيلِ اللَّهِ أَوْ مُتُّمْ لَمَغْفِرَةٌ مِّنَ اللَّهِ وَرَحْمَةٌ خَيْرٌ مِّمَّا يَجْمَعُونَ
र यदि तिमीहरू अल्लाहको मार्गमा मारिन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।
158وَلَئِن مُّتُّمْ أَوْ قُتِلْتُمْ لَإِلَى اللَّهِ تُحْشَرُونَ
निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।
159فَبِمَا رَحْمَةٍ مِّنَ اللَّهِ لِنتَ لَهُمْ ۖ وَلَوْ كُنتَ فَظًّا غَلِيظَ الْقَلْبِ لَانفَضُّوا مِنْ حَوْلِكَ ۖ فَاعْفُ عَنْهُمْ وَاسْتَغْفِرْ لَهُمْ وَشَاوِرْهُمْ فِي الْأَمْرِ ۖ فَإِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَى اللَّهِ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَوَكِّلِينَ
(हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्ने गर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।
160إِن يَنصُرْكُمُ اللَّهُ فَلَا غَالِبَ لَكُمْ ۖ وَإِن يَخْذُلْكُمْ فَمَن ذَا الَّذِي يَنصُرُكُم مِّن بَعْدِهِ ۗ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ
यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।
आल-इमरानकुरान अनुक्रमणिका
200आयत
MedinanRevelation
158आयत

अनुवाद — आल-इमरान 158

सूरा आल-इमरान आयत 158 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि…

सूरा आयत 158/200 — सूरा आल-इमरान آل عمران (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा आल-इमरान सुन्नुहोस्, सूरा आल-इमरान अनुवाद, सूरा आल-इमरान mp3, सूरा आल-इमरान pdf. आयत 156–160. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers