आल-इमरान · 42/200
अनुवाद उच्चारण — आल-इमरान
وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ إِنَّ اللَّهَ اصْطَفَاكِ وَطَهَّرَكِ وَاصْطَفَاكِ عَلَىٰ نِسَاءِ الْعَالَمِينَ ۝٤٢
Wa iz qaalatil malaaa`ikatu yaa Ya Maryamu innal laahas tafaaki wa tahharaki wastafaaki `alaa nisaaa`il `aalameen
📖 नेपाली अर्थ
र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारका सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।
🎧 सुन्नुहोस्

📜 आयत 40-44 — आल-इमरान

40قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَامٌ وَقَدْ بَلَغَنِيَ الْكِبَرُ وَامْرَأَتِي عَاقِرٌ ۖ قَالَ كَذَٰلِكَ اللَّهُ يَفْعَلُ مَا يَشَاءُ
जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।
41قَالَ رَبِّ اجْعَل لِّي آيَةً ۖ قَالَ آيَتُكَ أَلَّا تُكَلِّمَ النَّاسَ ثَلَاثَةَ أَيَّامٍ إِلَّا رَمْزًا ۗ وَاذْكُر رَّبَّكَ كَثِيرًا وَسَبِّحْ بِالْعَشِيِّ وَالْإِبْكَارِ
जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर ।
42وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ إِنَّ اللَّهَ اصْطَفَاكِ وَطَهَّرَكِ وَاصْطَفَاكِ عَلَىٰ نِسَاءِ الْعَالَمِينَ
र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारका सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।
43يَا مَرْيَمُ اقْنُتِي لِرَبِّكِ وَاسْجُدِي وَارْكَعِي مَعَ الرَّاكِعِينَ
हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु ।
44ذَٰلِكَ مِنْ أَنبَاءِ الْغَيْبِ نُوحِيهِ إِلَيْكَ ۚ وَمَا كُنتَ لَدَيْهِمْ إِذْ يُلْقُونَ أَقْلَامَهُمْ أَيُّهُمْ يَكْفُلُ مَرْيَمَ وَمَا كُنتَ لَدَيْهِمْ إِذْ يَخْتَصِمُونَ
यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।
आल-इमरानकुरान अनुक्रमणिका
200आयत
MedinanRevelation
42आयत

अनुवाद — आल-इमरान 42

सूरा आल-इमरान आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको…

सूरा आयत 42/200 — आल-इमरान آل عمران (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: आल-इमरान सुन्नुहोस्, आल-इमरान अनुवाद, आल-इमरान mp3, आल-इमरान pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers