अन-निसा · 39/176
अनुवाद उच्चारण — अन-निसा
وَمَاذَا عَلَيْهِمْ لَوْ آمَنُوا بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَأَنفَقُوا مِمَّا رَزَقَهُمُ اللَّهُ ۚ وَكَانَ اللَّهُ بِهِمْ عَلِيمًا ۝٣٩
Wa maazaa `alaihim law aamanoo billaahi wal Yawmil Aakhiri wa anfaqoo mimmaa razaqahumul laah; wa kaanallaahu bihim Aaleemaa
📖 नेपाली अर्थ
साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 37-41 — अन-निसा

37الَّذِينَ يَبْخَلُونَ وَيَأْمُرُونَ النَّاسَ بِالْبُخْلِ وَيَكْتُمُونَ مَا آتَاهُمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَأَعْتَدْنَا لِلْكَافِرِينَ عَذَابًا مُّهِينًا
जिनीहरूले आफू स्वयं कञ्जूसी गर्दछन् र अरुलाई पनि कञ्जूसी सिकाउँछन् र जुन धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, त्यसलाई लुकाएर राख्दछन् । हामी कृतध्नहरूका लागि अपमानजनक सजाय तयार गरेका छौं ।
38وَالَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُونَ بِاللَّهِ وَلَا بِالْيَوْمِ الْآخِرِ ۗ وَمَن يَكُنِ الشَّيْطَانُ لَهُ قَرِينًا فَسَاءَ قَرِينًا
र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।
39وَمَاذَا عَلَيْهِمْ لَوْ آمَنُوا بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَأَنفَقُوا مِمَّا رَزَقَهُمُ اللَّهُ ۚ وَكَانَ اللَّهُ بِهِمْ عَلِيمًا
साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।
40إِنَّ اللَّهَ لَا يَظْلِمُ مِثْقَالَ ذَرَّةٍ ۖ وَإِن تَكُ حَسَنَةً يُضَاعِفْهَا وَيُؤْتِ مِن لَّدُنْهُ أَجْرًا عَظِيمًا
यसमा कुनै शंका छैन कि अल्लाह कसैसित अलिकति पनि अन्याय गर्दैन, यदि पुण्य कार्य गरिएको छ भने त्यसलाई दुई गुणा गरिदिन्छ र आफ्नो तर्फबाट ठूलो पुरस्कार प्रदान गर्दछ ।
41فَكَيْفَ إِذَا جِئْنَا مِن كُلِّ أُمَّةٍ بِشَهِيدٍ وَجِئْنَا بِكَ عَلَىٰ هَٰؤُلَاءِ شَهِيدًا
त, त्यस दिन कस्तो दृष्य हुनेछ जब हामीले प्रत्येक समूहबाट एक–एक साक्षी बोलाउनेछौं र तपाईलाई उनीहरूको बारेमा साक्षी बनाउने छौं ।
अन-निसाकुरान अनुक्रमणिका
176आयत
MedinanRevelation
39आयत

अनुवाद — अन-निसा 39

सूरा अन-निसा आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि…

सूरा आयत 39/176 — अन-निसा النساء (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-निसा सुन्नुहोस्, अन-निसा अनुवाद, अन-निसा mp3, अन-निसा pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers