अन-निसा · 38/176
अनुवाद उच्चारण — अन-निसा
وَالَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُونَ بِاللَّهِ وَلَا بِالْيَوْمِ الْآخِرِ ۗ وَمَن يَكُنِ الشَّيْطَانُ لَهُ قَرِينًا فَسَاءَ قَرِينًا ۝٣٨
Wallazeena yunfiqoona amwaalahum ri`aaa`an naasi wa laa yu`minoona billaahi wa laa bil Yawmil Aakhir; wa mai yakunish shaitaanu lahoo qareenan fasaaa`a qareenaa
📖 नेपाली अर्थ
र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।
🎧 सुन्नुहोस्

📜 आयत 36-40 — अन-निसा

36۞ وَاعْبُدُوا اللَّهَ وَلَا تُشْرِكُوا بِهِ شَيْئًا ۖ وَبِالْوَالِدَيْنِ إِحْسَانًا وَبِذِي الْقُرْبَىٰ وَالْيَتَامَىٰ وَالْمَسَاكِينِ وَالْجَارِ ذِي الْقُرْبَىٰ وَالْجَارِ الْجُنُبِ وَالصَّاحِبِ بِالْجَنبِ وَابْنِ السَّبِيلِ وَمَا مَلَكَتْ أَيْمَانُكُمْ ۗ إِنَّ اللَّهَ لَا يُحِبُّ مَن كَانَ مُخْتَالًا فَخُورًا
र अल्लाहकै पूजा गर र उसको साथमा अरु कसैको साझेदारी नगर र आमा–बाबुसँग सम्मानपूर्ण व्यवहार गर र नजिकका नातेदार, अनाथहरू र गरिब असहायहरू र नातेदार छिमेकीहरू र गैर नातेदारी छिमेकीहरू र संगै उठ्बस् गर्ने साथीहरू र बटुवाहरू र जो तिम्रो स्वामित्वमा छन्, सबैको उपकार गर । निःसन्देह अल्लाहले घमण्डी तथा मिथ्या अभिमान गर्नेहरूलाई रुचाउँदैनन् ।
37الَّذِينَ يَبْخَلُونَ وَيَأْمُرُونَ النَّاسَ بِالْبُخْلِ وَيَكْتُمُونَ مَا آتَاهُمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَأَعْتَدْنَا لِلْكَافِرِينَ عَذَابًا مُّهِينًا
जिनीहरूले आफू स्वयं कञ्जूसी गर्दछन् र अरुलाई पनि कञ्जूसी सिकाउँछन् र जुन धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, त्यसलाई लुकाएर राख्दछन् । हामी कृतध्नहरूका लागि अपमानजनक सजाय तयार गरेका छौं ।
38وَالَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُونَ بِاللَّهِ وَلَا بِالْيَوْمِ الْآخِرِ ۗ وَمَن يَكُنِ الشَّيْطَانُ لَهُ قَرِينًا فَسَاءَ قَرِينًا
र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।
39وَمَاذَا عَلَيْهِمْ لَوْ آمَنُوا بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَأَنفَقُوا مِمَّا رَزَقَهُمُ اللَّهُ ۚ وَكَانَ اللَّهُ بِهِمْ عَلِيمًا
साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।
40إِنَّ اللَّهَ لَا يَظْلِمُ مِثْقَالَ ذَرَّةٍ ۖ وَإِن تَكُ حَسَنَةً يُضَاعِفْهَا وَيُؤْتِ مِن لَّدُنْهُ أَجْرًا عَظِيمًا
यसमा कुनै शंका छैन कि अल्लाह कसैसित अलिकति पनि अन्याय गर्दैन, यदि पुण्य कार्य गरिएको छ भने त्यसलाई दुई गुणा गरिदिन्छ र आफ्नो तर्फबाट ठूलो पुरस्कार प्रदान गर्दछ ।
अन-निसाकुरान अनुक्रमणिका
176आयत
MedinanRevelation
38आयत

अनुवाद — अन-निसा 38

सूरा अन-निसा आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति,…

सूरा आयत 38/176 — अन-निसा النساء (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-निसा सुन्नुहोस्, अन-निसा अनुवाद, अन-निसा mp3, अन-निसा pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers