अल-अनआम · 26/165
अनुवाद उच्चारण — अल-अनआम
وَهُمْ يَنْهَوْنَ عَنْهُ وَيَنْأَوْنَ عَنْهُ ۖ وَإِن يُهْلِكُونَ إِلَّا أَنفُسَهُمْ وَمَا يَشْعُرُونَ ۝٢٦
Wa hum yanhawna `anhu wa yan`awna `anhu wa iny yuhlikoona illaa anfusahum wa maa yash`uroon
📖 नेपाली अर्थ
र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 24-28 — अल-अनआम

24انظُرْ كَيْفَ كَذَبُوا عَلَىٰ أَنفُسِهِمْ ۚ وَضَلَّ عَنْهُم مَّا كَانُوا يَفْتَرُونَ
अलि हेर त, कस्तो किसिमबाट तिनीहरूले आफूमाथि नै झूठा कुरा गरे, र जसको बारेमा मनगढन्त मिथ्या कुरागर्दथे ती सबै बेपत्ता भइहाले ।
25وَمِنْهُم مَّن يَسْتَمِعُ إِلَيْكَ ۖ وَجَعَلْنَا عَلَىٰ قُلُوبِهِمْ أَكِنَّةً أَن يَفْقَهُوهُ وَفِي آذَانِهِمْ وَقْرًا ۚ وَإِن يَرَوْا كُلَّ آيَةٍ لَّا يُؤْمِنُوا بِهَا ۚ حَتَّىٰ إِذَا جَاءُوكَ يُجَادِلُونَكَ يَقُولُ الَّذِينَ كَفَرُوا إِنْ هَٰذَا إِلَّا أَسَاطِيرُ الْأَوَّلِينَ
र तिनीहरूमध्ये केही यस्ता छन् जो तपाईको कुरा सुन्ने स्वाङ पार्छन् र हामीले तिनीहरूका हृदयमाथि आवरण हालिदिएका छौं, जसले कि तिनलाई बुझ्न नसकुन् र उनको कानहरूमा बहिरोपनको सृजना गरिदिएका छौं र यदि तिनीहरूले सम्पूर्ण निशानीहरू देखे तापनि, तिनमाथि कहिले ईमान ल्याउने छैनन्, यहाँसम्म कि जब तिनीहरू तपाईको नजिक आउँछन् त बिना कारण विवाद गर्न आउँछन् त जो काफिर छन्, यसरी भन्दछन् कि यो (कुरआन) त पूर्वजहरूको दन्त कथा बाहेक अरु केही होइन ।
26وَهُمْ يَنْهَوْنَ عَنْهُ وَيَنْأَوْنَ عَنْهُ ۖ وَإِن يُهْلِكُونَ إِلَّا أَنفُسَهُمْ وَمَا يَشْعُرُونَ
र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।
27وَلَوْ تَرَىٰ إِذْ وُقِفُوا عَلَى النَّارِ فَقَالُوا يَا لَيْتَنَا نُرَدُّ وَلَا نُكَذِّبَ بِآيَاتِ رَبِّنَا وَنَكُونَ مِنَ الْمُؤْمِنِينَ
यदि तपाईले त्यो समय हेर्नपाउने भए जब यिनीहरू नर्कछेउ उभ्याइने छन् र भन्ने छन् कि क्याराम्रो हुने थियो यदि हामीलाई फर्काइयोस् भने हामीले आफ्नो पालनकर्ताका आयतहरूलाई झूठा भन्ने थिएनौं र हामी ईमान ल्याउने थियौं ।
28بَلْ بَدَا لَهُم مَّا كَانُوا يُخْفُونَ مِن قَبْلُ ۖ وَلَوْ رُدُّوا لَعَادُوا لِمَا نُهُوا عَنْهُ وَإِنَّهُمْ لَكَاذِبُونَ
हो, यिनीहरूले जुन कुरा अघि लुकाउँदथे (आज) त्यो कुरा तिनीहरूका आँखाको अगाडि छर्लङ्ग भइसकेको छ र यिनलाई संसारमा फर्काइए पनि जुन कामबाट मनाही गरिएको थियो, त्यही काम फेरि गर्न थाल्नेछन् । निःसन्देह यिनीहरू एकदम झुट्ठा हुन् ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-अनआम 26

सूरा अल-अनआम आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि…

सूरा आयत 26/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers