अल-अनआम · 45/165
अनुवाद उच्चारण — अल-अनआम
فَقُطِعَ دَابِرُ الْقَوْمِ الَّذِينَ ظَلَمُوا ۚ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ ۝٤٥
Faquti`a daabirul qawmil lazeena zalamoo; walhamdu lillaahi Rabbil `aalameen
📖 नेपाली अर्थ
फेरि दुष्कर्मीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
🎧 सुन्नुहोस्

📜 आयत 43-47 — अल-अनआम

43فَلَوْلَا إِذْ جَاءَهُم بَأْسُنَا تَضَرَّعُوا وَلَٰكِن قَسَتْ قُلُوبُهُمْ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ
जब हामीबाट तिनीहरूलाई सजाय पुगेको थियो त त्यसबेला तिनीहरूले विनम्रता किन देखाएनन् ? उल्टै तिनका हृदयहरू कठोर भइदिए र शैतानले तिनका अपराधपूर्ण काम तिनीहरूका निम्ति झन् आकर्षणपूर्ण देखिने बनाइदियो ।
44فَلَمَّا نَسُوا مَا ذُكِّرُوا بِهِ فَتَحْنَا عَلَيْهِمْ أَبْوَابَ كُلِّ شَيْءٍ حَتَّىٰ إِذَا فَرِحُوا بِمَا أُوتُوا أَخَذْنَاهُم بَغْتَةً فَإِذَا هُم مُّبْلِسُونَ
तर जब तिनीहरूले, जुन उपदेश तिनलाई दिइएको थियो त्यसलाई बिर्सिदिए, तब हामीले तिनीहरूका लागि सबै ढोकाहरू खोलिदियौं, यहाँसम्म कि जब ती कुराहरूसित जुन तिनलाई दिइएको थियो, निकै प्रसन्न भइहाले तब हामीले तिनलाई एका–एक समातिहाल्यौं र तिनीहरू त्यति बेला निराशामा डुबिहाले ।
45فَقُطِعَ دَابِرُ الْقَوْمِ الَّذِينَ ظَلَمُوا ۚ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ
फेरि दुष्कर्मीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
46قُلْ أَرَأَيْتُمْ إِنْ أَخَذَ اللَّهُ سَمْعَكُمْ وَأَبْصَارَكُمْ وَخَتَمَ عَلَىٰ قُلُوبِكُم مَّنْ إِلَٰهٌ غَيْرُ اللَّهِ يَأْتِيكُم بِهِ ۗ انظُرْ كَيْفَ نُصَرِّفُ الْآيَاتِ ثُمَّ هُمْ يَصْدِفُونَ
तपाई भन्नुस् कि विचार गर, यदि अल्लाह तिम्रो श्रवण शक्ति र दृष्टि खोसिहालेको र तिम्रो हृदयमा आफ्नो छाप लगाइदिन्छ भने अल्लाह बाहेक अरु कोही पूजनीय छ जसले यी कुराहरू पुनः पल्टाउन सकोस् ? हेर हामी कसरी आफ्ना तर्कहरूलाई विभिन्न कोंणबाट प्रस्तुत गरिराखेका छौं । तैपनि यिनीहरू विमुख हुँदै गएका छन् ।
47قُلْ أَرَأَيْتَكُمْ إِنْ أَتَاكُمْ عَذَابُ اللَّهِ بَغْتَةً أَوْ جَهْرَةً هَلْ يُهْلَكُ إِلَّا الْقَوْمُ الظَّالِمُونَ
तपाई भन्नुस् कि विचार गर यदि तिमीमाथि अल्लाहको सजाय एक्कासी वा खुल्लारूपले आउँछ भने के अन्यायीहरू बाहेक अरु कोही विनष्ट हुनेछन्
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
45आयत

अनुवाद — अल-अनआम 45

सूरा अल-अनआम आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि दुष्कर्मीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्,…

सूरा आयत 45/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers