अल-बकरा · 270/286
अनुवाद उच्चारण — अल-बकरा
وَمَا أَنفَقْتُم مِّن نَّفَقَةٍ أَوْ نَذَرْتُم مِّن نَّذْرٍ فَإِنَّ اللَّهَ يَعْلَمُهُ ۗ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ ۝٢٧٠
Wa maaa anfaqtum min nafaqatin aw nazartum min nazrin fa innal laaha ya`lamuh; wa maa lizzaalimeena min ansaar
📖 नेपाली अर्थ
तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।
🎧 सुन्नुहोस्

📜 आयत 268-272 — अल-बकरा

268الشَّيْطَانُ يَعِدُكُمُ الْفَقْرَ وَيَأْمُرُكُم بِالْفَحْشَاءِ ۖ وَاللَّهُ يَعِدُكُم مَّغْفِرَةً مِّنْهُ وَفَضْلًا ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
(हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा दिन्छ । र अल्लाह तिमीसित आफ्नो उपकार र वरदानको वचन दिन्छ । र अल्लाह सर्वव्यापी र अति ज्ञानी छ ।
269يُؤْتِي الْحِكْمَةَ مَن يَشَاءُ ۚ وَمَن يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا ۗ وَمَا يَذَّكَّرُ إِلَّا أُولُو الْأَلْبَابِ
उसले जसलाई मनपराउँछ, बुद्धि र कौशल प्रदान गर्दछ र जसले बुद्धि र कौशल प्राप्त गर्याे, निःसन्देह उसले ठूलो वरदान प्राप्त गर्यो । र उपदेश तिनैले स्वीकार गर्दछन् जो बुद्धिमान छन् ।
270وَمَا أَنفَقْتُم مِّن نَّفَقَةٍ أَوْ نَذَرْتُم مِّن نَّذْرٍ فَإِنَّ اللَّهَ يَعْلَمُهُ ۗ وَمَا لِلظَّالِمِينَ مِنْ أَنصَارٍ
तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।
271إِن تُبْدُوا الصَّدَقَاتِ فَنِعِمَّا هِيَ ۖ وَإِن تُخْفُوهَا وَتُؤْتُوهَا الْفُقَرَاءَ فَهُوَ خَيْرٌ لَّكُمْ ۚ وَيُكَفِّرُ عَنكُم مِّن سَيِّئَاتِكُمْ ۗ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ
यदि तिमी दान र सहायता खुला रूपमा दिन्छौ भने पनि राम्रो छ र यदि गोप्यरूपले गरीब असहायलाई दिन्छौ त त्यो तिम्रोलागी झन् राम्रो छ । र तिम्रा पापहरूलाई समाप्त गरिदिन्छ । र अल्लाहलाई तिम्रा सबै क्रियाकलापहरूबारे थाहा छ ।
272۞ لَّيْسَ عَلَيْكَ هُدَاهُمْ وَلَٰكِنَّ اللَّهَ يَهْدِي مَن يَشَاءُ ۗ وَمَا تُنفِقُوا مِنْ خَيْرٍ فَلِأَنفُسِكُمْ ۚ وَمَا تُنفِقُونَ إِلَّا ابْتِغَاءَ وَجْهِ اللَّهِ ۚ وَمَا تُنفِقُوا مِنْ خَيْرٍ يُوَفَّ إِلَيْكُمْ وَأَنتُمْ لَا تُظْلَمُونَ
तिमी तिनीहरूको मार्गनिर्देशनको लागि जिम्मेवार छैनौ, बरु अल्लाहले नै जसलाई चाहन्छ, मार्गनिर्देशन गर्दछ । र तिमीले जुन असल माल खर्च गर्नेछौ, त्यसको फाइदा तिमीलाई नै हुनेछ । र तिमीले अल्लाहको सदिच्छा हासिल गर्न मात्र खर्च गर्नुपर्दछ । तिमीले जेजति खर्च गर्छौ, त्यसको पूरा प्रतिफल तिमीलाई दिइनेछ र तिम्रो कुनै प्रकारको हक मारिने छैन ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
270आयत

अनुवाद — अल-बकरा 270

सूरा अल-बकरा आयत 270 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै…

सूरा आयत 270/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 268–272. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers