अल-बकरा · 60/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
۞ وَإِذِ اسْتَسْقَىٰ مُوسَىٰ لِقَوْمِهِ فَقُلْنَا اضْرِب بِّعَصَاكَ الْحَجَرَ ۖ فَانفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا ۖ قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ ۖ كُلُوا وَاشْرَبُوا مِن رِّزْقِ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ ۝٦٠
Wa izis tasqaa Moosaa liqawmihee faqulnad rib bi`asaakal hajara fanfajarat minhusnataaa `ashrata `aynan qad `alima kullu unaasim mash rabahum kuloo washraboo mir rizqil laahi wa laa ta`saw fil ardi mufsideen
📖 नेपाली अर्थ
र, जब मूसाले आफ्नो समुदायका लागि पानी माँगे तब हामीले भन्यौं कि आफ्नो लठ्ठीले ढुङ्गामाथि हान, त्यसबाट बाह्रवटा मूल फूटे र सबै समूहले आ–आफ्नो घाट थाहा पाइहाले । अल्लाहले (प्रदान गरेको) कुरा खाऊ र पिऊ तर पृथ्वीमा उपद्रव गर्दै नहिंड ।

🎧 सुन्नुहोस्


📜 आयत 58-62 — सूरा अल-बकरा

58وَإِذْ قُلْنَا ادْخُلُوا هَٰذِهِ الْقَرْيَةَ فَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ رَغَدًا وَادْخُلُوا الْبَابَ سُجَّدًا وَقُولُوا حِطَّةٌ نَّغْفِرْ لَكُمْ خَطَايَاكُمْ ۚ وَسَنَزِيدُ الْمُحْسِنِينَ
र, यादगर जब हामीले भन्यौं कि यस बस्तीमा जाऊ र यसमा जे थोक जहाँ कही छ इच्छाअनुसार खानु, पिउनु र ढोकामा नतमस्तक हुँदै प्रवेश गर्नु र ‘‘हित्ततुन’’ (हामी क्षमा चाहान्छौं) भन्नु, हामीले तिम्रा गल्तीहरूलाई क्षमा गरिदिनेछौं, र असल काम गर्नेहरूलाई अझ बढी प्रदान गर्नेछौं ।
59فَبَدَّلَ الَّذِينَ ظَلَمُوا قَوْلًا غَيْرَ الَّذِي قِيلَ لَهُمْ فَأَنزَلْنَا عَلَى الَّذِينَ ظَلَمُوا رِجْزًا مِّنَ السَّمَاءِ بِمَا كَانُوا يَفْسُقُونَ
अनि अन्यायीहरूले, तिनीहरूलाई दिइएको आदेशका शब्दलाई परिवर्तन गरिहाले, त हामीले पनि ती अन्यायीहरूमाथि उनको अवज्ञताको कारणले दैवी सजाय गर्यौं ।
60۞ وَإِذِ اسْتَسْقَىٰ مُوسَىٰ لِقَوْمِهِ فَقُلْنَا اضْرِب بِّعَصَاكَ الْحَجَرَ ۖ فَانفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا ۖ قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ ۖ كُلُوا وَاشْرَبُوا مِن رِّزْقِ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ
र, जब मूसाले आफ्नो समुदायका लागि पानी माँगे तब हामीले भन्यौं कि आफ्नो लठ्ठीले ढुङ्गामाथि हान, त्यसबाट बाह्रवटा मूल फूटे र सबै समूहले आ–आफ्नो घाट थाहा पाइहाले । अल्लाहले (प्रदान गरेको) कुरा खाऊ र पिऊ तर पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
61وَإِذْ قُلْتُمْ يَا مُوسَىٰ لَن نَّصْبِرَ عَلَىٰ طَعَامٍ وَاحِدٍ فَادْعُ لَنَا رَبَّكَ يُخْرِجْ لَنَا مِمَّا تُنبِتُ الْأَرْضُ مِن بَقْلِهَا وَقِثَّائِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَا ۖ قَالَ أَتَسْتَبْدِلُونَ الَّذِي هُوَ أَدْنَىٰ بِالَّذِي هُوَ خَيْرٌ ۚ اهْبِطُوا مِصْرًا فَإِنَّ لَكُم مَّا سَأَلْتُمْ ۗ وَضُرِبَتْ عَلَيْهِمُ الذِّلَّةُ وَالْمَسْكَنَةُ وَبَاءُوا بِغَضَبٍ مِّنَ اللَّهِ ۗ ذَٰلِكَ بِأَنَّهُمْ كَانُوا يَكْفُرُونَ بِآيَاتِ اللَّهِ وَيَقْتُلُونَ النَّبِيِّينَ بِغَيْرِ الْحَقِّ ۗ ذَٰلِكَ بِمَا عَصَوا وَّكَانُوا يَعْتَدُونَ
र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहका क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।
62إِنَّ الَّذِينَ آمَنُوا وَالَّذِينَ هَادُوا وَالنَّصَارَىٰ وَالصَّابِئِينَ مَنْ آمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَعَمِلَ صَالِحًا فَلَهُمْ أَجْرُهُمْ عِندَ رَبِّهِمْ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
निःसंदेह मुसलमान होऊन्, यहूदी होऊन्, ईसाई होऊन् या पारसी जो अल्लाह र अन्तिम दिनमाथि आस्था राख्यो र असल काम गर्यो त्यस्ता व्यक्तिहरूलाई तिनका फल, अल्लाहकहाँ प्राप्त हुनेछ । र तिनीहरूलाई नत कुनै प्रकारको भयत्रास हुनेछ र न उदासी नै ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
60आयत

अनुवाद — अल-बकरा 60

सूरा अल-बकरा आयत 60 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र, जब मूसाले आफ्नो समुदायका लागि पानी माँगे तब हामीले…

सूरा आयत 60/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 58–62. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers